अाज मिति २०७५ साल मंसिर १०गते सोमबार तपार्इका लागि अाजकाे राशिफल कस्ताे छ पढ्नुहाेस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नो काम आफुले भन्दा पनि अरुलार्इ गराउनु पर्ने होला वा आफु भन्दा अरुमा बढी भरोसा लिनुपर्ने हुनेछ । छुट्टै फुर्ति र चुस्ती आउला । छोरा नाति आदिसंग छिट्टै भेट्ने मौका मिल्नेछ । सहयोग र सम्मान गर्नेहरू भेटिनेछन् । नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम बनाउन सकिनेछ । मनोरञ्जनको समय छ । हिम्मत आदि बढ्ने छ । सबैलाई सहयोग गर्ने प्रयास गर्नु हुनेछ । कोहि कोहीलाई हेर्न छुट्ने छ । अलि बढी शक्ति जुटाउनु पर्नेछ किनकि आजको दिन महत्त्वपूर्ण हुनेछ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो र त्यसैले मंगल ग्रहको अक ९ राम्रो हुने गर्दछ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिश्रम बिना फल पाउन गाह्रो हुनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । ऋण आदि लाइ तिर्न सक्ने माहोल बनेको छ । प्रतिफल अलि ढिला आउनेछ तर अवश्य आउनेछ । लत्ता कपडा किनिएला । रोकिएका काम बनाउन सकिनेछ तर सोचेको भन्दा धेरै लागत लाग्नेछ । आफ्नो सर सामान वाहन आदिको ध्यान दिएर मर्मत आदि गर्न सकिएला । बिरामी हुन सक्ला, जे पायो त्यही नखानु होला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको अक ६ राम्रो हुने गर्दछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

आत्मा सन्तुष्ट हुनु भन्दा अरूलाई प्रभावित पार्न मन हुनेछ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्ने छ जसले सफलता दिलाउनेछ । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे अफ्फैलाई गाह्रो होला । कार्यक्रम आयोजना आदिको कुनै छलफल आदि गर्न जानु पर्ने जस्तो होला । नसोचेको मान्छे भेट होला । आफन्त परिजनको सम्झना आउला । व्यतिको प्रभाव अलि फिका हुँदा सबलाई प्रभाव पार्न अलि मेहनत गर्नु पर्नेछ । अरुको सहयोगबाट यसरि अघि जानु भनि बुद्धि निकाल्न सजिलो होला । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको अक ५ राम्रो हुने गर्दछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । हरेस नखानु होला । दैनिकीमा नसोचेको परिवर्तन आउन सक्छ । ब्यवसायीक वा टेक्निकल अलमलले काममा बाधाब्यावधानलाई ल्याउला । अरुको मिठो र चिप्लो कुरामा नआउनु होला । आफ्नै पराक्क्रमा विश्वास गर्नु होस् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावलाइ गहिरो गरि लिएर चिन्तन मनन गरि महत्वोपूर्ण काममा अघि बढ्नु होला । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमाको अक २ राम्रो हुने गर्दछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सृजनात्मक लगनशीलता बढ्नेछ । सफलता दिलाउनेछ । सन्तानहरु प्रत्ति राम्रो देखिएको छ । सम्बन्ध गाढ़िनेछ । भाइ बहिनीहरु सम्झेला । बिपरित स्थिति आए आफ्नो युक्ति बल प्रयोग गर्नु होला । अकस्मात आफ्नो परिजन वा नातेदारहरुलाई कहिँ बाटोमा भेटिएला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । लामो दुरीको यात्राको योग तत्कालै नमिल्ला । खुसि बढाउने अनुकुल स्थिति आउन सक्ने हुन्छ । आफ्नै मौजमा ध्यान केन्द्रित हुदा आफ्नो अन्य बिषयमा केही चुनौती देखिन सक्छ । तपाइको रासी सिंह हो जुन भगवान सुर्यको रासी हो त्यसैले सुर्यको अक १ राम्रो हुने गर्दछ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

जमिन किन्न खोज्दै हुनु हुन्छ भने पाउने योग बनेको छ । छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । जीवनशैलीमा परिवर्तन आउन सक्छ, अर्थात् दैनिकी कामहरु बढेर आउने हुन्छ । जागिरदारहरुको लागि राम्रो काममा खट्न सकिनेछ । सहज होस् या गाह्रो होस् त्यो छुट्टै कुरा हो । रोकिएका काम बनाउन सकिनेछ । परिस्थितिवश चिताएको काम विलम्ब हुनेछ । कामको अलमल हुनेछ । रोजगारीबाट जिम्मेवारी बढेर आउने । आजको दिन सास्कृतिक रुपमा महत्त्वपूर्ण हुने छ । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको अक ५ राम्रो हुने गर्दछ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

हिम्मत आदि बढ्ने छ । सानो तिनो भ्रमण गर्नु पर्ने होला । बिबाह आदि मंगलमय पर्व होला । घुमफिरको समय छ तर घुम्न जान पाउछ नै भनेर भन्न सकिन्न । हजुर बुवा–हजुर आमा आदि सम्बन्धि कुराहरु बढ्ने छन् । दैनिकी अलमल हुनेछ, पूर्व तयारी भए सजिलो होला तपाइलाई । सानो होस् या ठुलो होस् सम्मान पौने छ र मनोबल बढ्नेछ । आफुलाई मन पर्ने खेल जस्तै फुटबल, चेस, पौडी आदि हेर्न पाइएला । मनभएको यात्राको फाइदा उठाउने समय छ । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले त्यसैले शुक्र ग्रहको अक ६ राम्रो हुने गर्दछ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

भान्छा मा काम धेरै बदेरा जाला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायत अनि क्षेत्त्रमा राम्रो देखिन्छ । कर्जा लिनुपर्ने हुन सक्छ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो । मंगल ग्रहको अक ९ राम्रो हुने गर्दछ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्वास्थ्य भने आज धेरै राम्रो हुनेछ । धननै सब थोक होइन शान्ति पनि चाहिने भन्ने बिचार आउने । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । सुखको समय भएपनि किन किन खल्लो भएको जस्तो होला, निरास नहुनु होला । धेरै काम कुरामा समावेश भइ दिन कट्ने छ । अरुले त्यतिकै फसाउन सक्छन्, वा ठुलो ठुलो आश्वासन देला, हावा कुरामा विश्वास नगर्नु होला । गौरव गर्ने वा घमण्ड गर्ने रहर होला । जे बुद्धिमा आयो त्यहि बोल्ने बानि होला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला, यदि नभने पनि हौसला कम हुने छैन । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको अक ३ राम्रो हुने गर्दछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कहाँ जाउ कहाँ जाउ आदि हुने सक्छ । अपरिचित जनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । पशुपालन तथा कृषि क्षेत्रमा दौडधुप अलि होला । बिस्तारै बिस्तारै मात्र चुनौतीहरु पन्छाउँदै अघि बदन सकिनेछ । हरेस नखानु होला । रोगलाइ दबाउन अलि गाह्रो होला । बिरामी भए बिस्तारै मात्र ठिक होला । फाइदा फाइदा भन्दै पछि त्यतिकै त्यो पैसा नसकाउनु होला । रोजगारको खोझिमा रहेको जनलाई नयाँ काम फेला पर्न सम्भावना बढेको छ । केही चुनौती जस्तो देखिए पनि मनमा भए पुरा गर्न नसक्ने नहोला वा त्यति गाह्रो हुने छैन । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको अक ८ राम्रो हुने गर्दछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

यदि सम्मानले अरु सामु पेस आए गाह्रो काम सजिलो होला । नभए सजिलो काम गाह्रो होला । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा जोर लगाएर पढ्नु पर्ने समय आएको छ । धर्म कर्म, आदि गर्नु पर्ने स्थिति आउलान । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । केही संघर्ष गर्नुपरे पनि हतास नहुनु होला । परि परि आउला र तरी तरी जाला । प्रयत्न गर्दा आउने समस्याहरु सहजै समाधान हुनेछन् । कारोबारहरु बढ्ने देखिन्छ, ध्यान पुर्बक कामहरुमा अघि बढ्नु होला । बोल्ने बानीले सबैलाई समेट्न सकिनेछ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको अक ८ राम्रो हुने गर्दछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मेहनत गर्दा मात्र अलि बढी सफल होला । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । वाहन, मोटर, कार आदि किन्ने जस्तो कुरो आउन सक्ला । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । अरुले त्यतिकै फसाउन सक्छन् । रमाइलो जमघट हुने जस्तो बातावरण देखिन्छ तर सबैमा सामेल आदि हुन नपौन सक्ला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । बिबिध संघ संस्थामा जान आउन पाउला । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको अक ३ राम्रो हुने गर्दछ ।v