राजपा महाधिवेशनको तयारीः झा र यादब संयोजक बन्न नपाउने

काठमाडौं, मंसिर १२ । बैशाखमा महाधिवेशन भए राष्ट्रिय जनता पार्टी ९राजपा० मा अध्यक्ष मण्डलका सदस्यद्वय अनिलकुमार झा र राजकिशोर यादब अध्यक्ष मण्डलको संयोजक बन्नबाट बन्चित हुने भएका छन ।

 

राजपाले आउदो वैशाखको ७, ८ र ९ गते एकताको प्रथम ऐतिहासिक महाधिवेशन गर्ने भएको छ । अध्यक्ष मण्डलका संस्थापक संयोजक महन्थ ठाकुरले चक्रीण प्रणाली नमानेका कारण उहाँहरुको संयोजक बन्ने सम्भावना कमजोर बन्दै गएको हो ।

 

२०७४ बैशाख ७ गते ६ वटा पार्टी मिलेर राजपा बनेको थियो । ५ वटा पार्टीले एकताको निर्णय गरिसकेपछि अन्तिममा मात्र झा नेतृत्वको पार्टी समावेश भएको थियो । ठाकुर त्यो बेलादेखि मंसिर ४ गतेसम्म संयोजकको रुपमा रहनु भएको थियो । पार्टी विधानको धारा १६ को उपधारा ९५० मा चक्रीय प्रणालीमा अध्यक्ष चयन हुने व्यवस्था स्पष्ट भए पनि ठाकुरले संयोजक नछोड्दा समस्या उत्पन्न भएको थियो ।

 

मंसिर ४ गतेबाट राजेन्द्र महतो संयोजक बन्नुभएको छ । महतोले २ महिनामा नेतृत्व हस्तान्तरण गरे त्यसपछि महिन्द्र राय यादब, शरतसिंह भण्डारी संयोजक हुनुहुने भएको छ ।

 

बैशाखमा भण्डारीको संयोजक हुने पालो आउने भएको छ । महाधिवेशन समयमै नभए अन्तिममा आएर झा र यादब संयोजक बन्नुहुने भएको छ । राजपाले २०७४ असार २३ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निबेदन दिएको थियो । आयोगले असार ३० गते मात्र दल दर्ताको आधिकारिकता दिएको थियो । त्यसो हुँदा असार ३० गतेसम्म आयोगमा नयाँ समितिको नाम बुझाए फरक नपर्ने भएको छ ।

 

राजपा महासचिव केशब झाले वैशाखमा नै महाधिवेशन भइहाल्छ भन्ने विश्वासिलो आधार नभएको बताउनुभयो । ‘महाधिवेशन गर्ने भनेका छौं तर पनि केही समस्या छ’, झाले भन्नुभयो– ‘कसैको पनि स्वार्थ नहेरी महाधिवेशन जाने एक मात्र उद्देश्य बनाइयो भने शंका गरिरहनु पर्दैन ।’ महतो संयोजक भएपछि ठाकुरले गरेका पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनित बदर भएको छ ।

 

ठाकुरले कसैसँग सल्लाह नै नगरी आफू निकटलाई मात्र मनोनीत गरेको भन्दै बदर गरिएको जनाइएको छ । उहाँले झन्डै १ सय ५० भन्दा बढी केन्द्रिय सदस्य मनोनीत गरेको पार्टीले जनाएको छ । अहिले ८ सय १५ जनाको केन्द्रीय समिति रहेको छ । आयोगमा बुझाइएको नामावली मात्र सदर भएको छ । नेपाल समाचारपत्रबाट