१७३ सैनिक कारबाहीमा


काठमाडौँ मंसिर १५। नेपाली सेनामा विभिन्न पदको भर्नामा अनियमितता गर्ने एक सय ७३ जनालाई सेनाले कारबाही गरेको छ ।

सेनाले २०७३ र २०७५ सालमा विभिन्न पदमा लिइएको भर्नामा अनियमितता भएको गुनासो आएपछि छानबिनका लागि जेठ ६ गते सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो ।

 

छानबिन गर्दा भर्ना प्रक्रियामा २३ अधिकृतसहित एक सय ८७ जनालाई जनरल समरी सैनिक अदालत ९कोर्ट मार्सल० का लागि सिफारिस गरिएको थियो । यो खबर आजको नागरिक दैनिकमा छ ।