प्रहरीले च्यातेर फ्याँके निर्मलाका लागि न्यायको माग राख्दै टासिँएको पोस्टर


काठमाडौँ मंसिर १५। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो , न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।