मन्त्रालयको खर्चमा घुम्दै संसदीय समिति सभापति र सांसद

काठमाडौं, मंसिर १९ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सरकारले आयोजना गरेको कार्यक्रममा आफुहरुलाई पनि सहभागी गराउन निर्देशन दिँदै सरकारी खर्चमै संसदीय समितिका सदस्यहरु सहभागी भएका छन् ।

 

९ मंसिरदेखि सुरु भएको १६ दिने अभियानअन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातवटै प्रदेशमा कार्यक्रम तय गर्यो ।तर, संसदको महिला तथा सामाजिक समितिले १२ मंसिरमा आफुहरुलाई पनि कार्यक्रममा बोलाउन निर्देशन दियो ।

 

त्यसपछि मन्त्रालयले निमन्त्रण पठाएर आफ्नै खर्चमा समिति सभापति र सांसद्लाई प्रदेशस्तरमा हुने कार्यक्रममा सहभागी गराएको छ । आजको नयाँ पत्रिकाबाट ।