अाज मिति २०७५ साल मंसिर २१ गते शुक्रबार पशुपतिनाथकाे दर्शन गरि अाजकाे राशिफल पढ्नुहाेस् र सेयर गर्नुहाेस्

मेष – आजको दिन दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देशविदेशको यात्रा हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । भोलि यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग फापसिद्ध हुनेछ भने उपहार व्यवहारले पनि यहाँले खेलेको भूमिकामा सकारात्मक अर्थ राख्नेछ ।

 

वृष  – आजको दिनसमय तथा अवसरको सदुपयोग गर्नसकेको खण्डमा अनुकूल एवम् सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नोपक्षमा सम्झौता गर्न सकिने छ । भोलि यहाँलाई हरियो रंग, छ अंकको प्रयोग अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जानेको खण्डमा रणनीतिक रुपमा फाइदा लिन सकिने छ । आज तपाइले माँ इन्द्रायणीको स्तुति आराधना गर्नु थप शुभप्रद हुनेछ ।

 

मिथुन – आजको दिन ज्ञानविज्ञानको पक्ष बलियो भएर आउने गोचर परेकोछ । विद्याधनको महत्त्वाकांक्षा तथा आत्मप्रशंसाको अभिलाषा पनि बढ्नसक्ने छ । आत्मरतीको आसक्तिलाई संयम गरी भद्रस्वभावको अभ्यास बढाउनसकेमा मानप्रतिष्ठामा विकास गर्न सकिने र विद्वतताको प्रसंशा मिल्ने पनि छ । सामान्यतया व्यवसायिक दिनचर्या अनुकूल नै रहनेछ तथापि बाह्य विषयमा समय दिनाले महत्त्वपूर्ण कार्य थातिरहन पनि सक्नेछ ख्याल पुर्याउनु होला । गृहस्थीहरुको लागि सन्तानपक्षबाट पनि सन्तोष मिल्नेछ । भोलि यहाँको लागि पाँच अंक, रातो रङ्गको प्रयोग एवं माँ भुवनेश्वरीको स्तुति आराधना लाभप्रद हुनेछ ।

 

कर्कट  – आजको दिन त्यति अनुकूल देखिएको छैन । मनमा संकोचित विचार बढ्नसक्ने तथा कसैसँग मनमुटाव हुनसक्ने पनि सम्भावना प्रतित भइरहेको छ ख्यालपुर्याउनु होला । पारिवारिक भार बढ्नसक्ने एवम् अभाव खट्कििनसक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ, संघर्ष तथा अपयशसँग जुध्नको लागि आत्मबल बढाउनु पर्ला । काममा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । भोलि यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग र माँ भगवतीको दर्शनभक्ति गर्नु शुभप्रद हुनेछ ।

 

सिंह  – आजको दिन हिम्मतिलो छ, थातिरहेका काम सिध्याउने जमर्को हुनसक्ने र नयाँ कार्यको लागि जाँगर चल्ने छ । आवश्यक तयारी पनि बन्नेछ । खेलकुद आदि प्रतिस्पर्धामा विजयी भइनेछ । महत्त्वपूर्ण कामकार्यको लागि ग्रह प्रभाव ठिक देखिएको छ । सहयोग मिल्ने र पुरुषार्थ पनि गर्नसकिने छ । आर्थिक लाभको संयोग पनि जुट्ने छ । भोलि तपाईको लागि तेस्रो क्रमसँख्या, हरियो रङ्गको प्रयोग र माँ सन्तोषीको दर्शनभक्ति एवं आराधना गर्नु शुभकर हुनेछ ।

 

कन्या – आजको दिन ढुकुटीमा लक्ष्मीको र मुखमा सरस्वतीको बास हुने ग्रहयोग परेको हुनाले व्यवसायिक प्रगति भइधनदौल तथा खजाना जम्मा हुनेछ भने वाणीमा ओजस्विता बढ्नेछ । भोलि कवि तथा कवित्रीको कविता, वक्ताको प्रवचन, कलाकर्मीको गीतसंगीत आदिले राम्रो बजार लिनेछ । त्यस्तै सामान्य जनजीवनका व्यक्तित्त्वहरुको लागि पनि मुख्य कार्य विशेषमा आफन्तबाट सहयोग मिल्नेछ । लाभ एवम् सफलताको कारण नयाँ उत्साह र उमङ्ग तथा कुशलता बढ्नेछ । नाताकुटुम्ब बढ्ने तथा पारिवारिक सदस्य थपिने पनि सम्भावना देखिन्छ ।

 

तुला – आजको दिन व्यवहारिक कुशलता बढ्नाले मान्छेहरुको ध्यानाकर्षण गर्नसकिने गोचर परेको छ । मानप्रतिष्ठा बढ्ने र मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसक्नु हुनेछ । सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । विवाह योग्य युवायुवतीको लागि वैवाहिक सम्बन्ध जोड्ने प्रसङ्ग चल्नसक्ने छ ।

 

वृश्चिक  – आजको दिन सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्ला । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्नसक्ने छ । आयमा मन्दि आउने तथा सञ्चित धनखजानाको खर्च हुने, अस्वस्थता बढ्नसक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । तथापि खासै नसोँचेको विषयको काम बनेर आकस्मिक लाभ तथा उपलब्धि हातपर्नसक्ने कुरालाई पनि गोचरले दखाइरहेको छ । भोलि तपाईले तीन अंक, पहेंलो रंगको प्रयोग एवं माँ इन्द्रायणीको स्तुति उपाशना गर्नु हितप्रद हुनेछ ।

 

धनु  – आजको दिन यद्यपि आयप्रद हो तरपनि विशेष अपेक्षित उपलब्धिमा अदृष्य रोकावट आउनसक्ने सम्भावना भने देखिएको छ । सामान्यतया व्यवसायिक कार्यबाट केही हद्सम्म लाभ गर्नसकिने छ । शुभेच्छुकहरुबाट सहयोग पनि मिल्ने सम्भावना छ । केही सफलता र लाभ भइहाल्दा हौंस्याहट् तथा महत्त्वाकांक्षा बढ्ने पनि हुनसक्ने सम्भावना रहेको कुरालाई नकार्न सकिन्न । भोलि यहाँको लागि २ अंक, सेतो रङ्गको प्रयोग र साथमा माँ कुमारीको उपाशना गर्नु अनुकूल रहनेछ ।

 

मकर – आजको दिन महत्त्वपूर्ण रहनेछ । मुल्यवान कामकार्यमा सफलता मिल्नाले लाभ एवम् उपलब्धि हातलाग्ने छ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहजवातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ भने भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । भोलि तपाईलाई एक अंक, रातो रंग र माँ इन्द्रायणीको भक्तियोग साधना गर्नु विशेष शुभप्रद हुनेछ ।

 

कुम्भ – आजको दिन पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्नसकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्नसकिने छ । सांसारिक पुरुषार्थ गर्न पनि सक्नुहुने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्दा हुनेछ । नौ अंक पहेलो रंगको उपयोग र धार्मिक जनको सेवा अझ विशेष हितकर हुने देखिन्छ ।

 

मीन – आजको दिन संर्घषप्रद गोचर छ । अल्लि सोँचविचार एवं योजना विपरित परिस्थितिको सृजना भएको महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिनसक्ने देखिन्छ । हृदय आदि दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । भोलि तपाईलाई आठ अंक, रातो रंगको प्रयोग र कन्यालाई सेतो पदार्थ दान दिनुको साथै इष्टदेवको भक्ति बढाउनु शुभप्रद हुनेछ