निर्मला पन्तको न्यायका लागी बौद्धस्तुभामा सुदूरपश्चिमेली युवाहरूकाे मौन आन्दोलन

     सुशिल  कुँवर 

काठमाडाै ,मंसिर २२। कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारा अहिले सम्म पत्ता लगाउन नसके पछि सुदूरपश्चिमेली युवाहरुले काठमाडौंको बौद्ध स्तुभामा दबाव दिन मौन आन्दोलन सुरू गरेका छन् ।

“सरकार भेटियो , न्याय भेटिएन्” निर्मलालाई न्याय देउ भन्दै सुदूरपश्चिमेली युवाहरुले बौद्ध स्तुभामा ध्यान मग्न भएर शान्तिपूर्वक दीप प्रज्वलन गरि सरकारको ध्यानकर्षण गराएका छन्  ।

नेपाल गाैतम बुद्ध जन्मेको देश नेपाल भएकोले बौद्धस्तुभामा शान्तिका दुत बुद्धको शरणमा सुदूरपश्चिमेली युवाहरु पुगेका छन्।

 

राजधानीका अधिकांश आन्दोलनका कार्यक्रमहरु हुलदंगा सहित मुर्दावाद जिन्दावाद भन्दै राजधानिका विभिन्न ठाँउमा  हुने भएपनि सुदूरपश्चिमेली युवाहरुले मौन रुपमा बौद्ध स्तुभामा आन्दोलन गरेका हुन् ।

 

निर्मलाको गत साउन १० गते बलात्कारपछी हत्या भएको थियो र साउन ११ गते उखुकाे झाडिमा हत्या गरि फालिएकाे अवस्थामा निर्मलाकाे  लास भेटिएकाे थियाे।हत्या भएको ४ महिना बितिसक्दा समेत अहिले सम्म हत्यारा पत्ता लाग्न सकेको छैन्।

 

हत्यारा पत्ता लगाउन सुदूरपश्चिमेली  युवाहरूले माैन दबाब स्वरूप नयाँ किसिमले आन्दोलन सुरू गरेका छन्  । अझै पनि हत्यारा पत्ता नलागुन जेञ्ल यस्तै नयाँ -नयाँ किसिमका आन्दोलन गर्दै जाने सुदूरपश्चिमेली युवाहरूले बताएका छन्।