१२ दिनमा १० लाख स्वाहा, वास्तविक’ कृषक बिनाको कृषि भ्रमण

काठमाडौं मङ्सिर २५ । यसै मंसिर १२ गते खप्तड छान्ना गाउँपालिकाको जम्बो टोली ‘कृषि भ्रमण’ मा गयो। टोलीले नेपालका उत्कृष्ट ‘कृषि’ ठाउँहरु घुम्दै मंसिर २३ गते आइतबार भ्रमण सम्पन्न गरेको छ। भ्रमणमा ३७ जनाको टोली काठमाडौं, पो खरा, लुम्बिनी, हेटौंडा, सिक्किम, दार्जिलिङ्ग, चितवनलगायतका ठाउँहरुमा पुग्यो। भ्रमणमा गएसँगै सामाजिक सञ्जालमा पनि गाउँपालिकाको टोलीको व्यापक आलोचना भएको छ।कृषि भ्रमणमा गएको टोलीले काठमाडौंको नारायणहिटी दरबार, लुम्बिनी, पोखराको फेवा तालमा र्याप्टिङलगायतका ठाउँमा रमाइलो गरिएका फोटाहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि आलोचना थपियो।

 

कृषि अध्ययन अवलोकन भ्रमणमा गएकाहरु ५र६ दिनसम्म सामाजिक सञ्जालमा आफ्नो ‘सेल्फी’ कै रमाइलोमा थिए भन्ने उनीहरुले शेयर गरेका तस्वीरले देखाउँछन्। रोचक त के भने त्यो अवधिमा भ्रमणमा गएका सहभागीहरु कसैले पनि कृषिसम्बन्धी काम वा अवलोकन गरेको फोटो पोस्ट गरेनन्। पोस्ट भएका फोटोले देखाउँछ् – त्यो समयमा उनीहरुले कृषिको अनुगमन गरेनन् । त्यो ‘सेल्फी’को विषयले सामाजिक सञ्जालमा तीब्र आलोचना भयो – ‘गाउँपालिकाको कृषि भ्रमण टोली यस्तो रहेछ’ भनेर। त्यसरी आलो चना भएपछि मात्र भ्रमण टोलीले कृषिबारीका क्याप्सनहरु सार्वजनिक गरेको देखिन्छ।

 

खप्तड छान्ना गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष रामबहादुर सिंहका अनुसार कृषि भ्रमणमा ३७ जनाको टोली थियो। जसमा गाउँपालिका अध्यक्ष वर्कबहादुर रोकाया, उपाध्यक्ष पाउसरादेबी थापालगायतका प्रत्येक वडाका वडाध्यक्ष गरी ९ जना थिए।त्यस्तै मनोनित सदस्यहरु ६ जना, प्रत्येक वडाका वडा सदस्यहरु १र१ गरी ७ जना, प्रत्येक वडाका ‘कृषक अगुवा किशोर’ भनेर ७ जना, पत्रकार १ जना, कार्यालय सहयोगी २ जना, गाउँपालिकाका कर्मचारी २ जनाले भ्रमण गरे। प्रवक्ता सिंहले दिएको जानकारी अनुसार ३४ जना मात्र आधिकारिक थिए । तर, उनले ३७ जना भ्रमण गएको बताएपछि थप ३ जना को थिए भन्ने प्रश्न गर्दा उनले सिधा जवाफ दिएनन्।

 

उनले भने, ‘१र२ जना तलमाथि भए होलान्।’उनले भने, ‘गाउँपालिकाले भ्रमणको लागि भनेर १० लाख छुट्याएको थियो, त्यो मध्येको के कति खर्च भयो भन्ने कुरा २÷४ दिनमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने भएका छौं।’ कृषि र पर्यटनलाई मात्र विका स गर्न सक्यो भने हाम्रो गाउँपालिका समृद्ध हुन्छ भन्ने बुझाइका साथ गाउँपालिकाको टोली भ्रमणमा गएको प्रवक्ता सिंहले बताएका छन्।अरु ठाउँको कृषि विकास आफ्नो ठाउँमा पनि कसरी बनाउन सकिन्छ भन्दै कृषि पकेट क्षेत्रहरु पोखराको लुम्ले, भारतको दा र्जिलिङ, सिक्किम, चियाबारी इलाम, हेटौडाको मौरीपालन, चितवनको गाइफार्मलगायतको ठाउँहरुमा भ्रमण गरिएको उनले सुनाए।

 

नारायणहिटी दरवार, फेवाताल, लुम्बिनीलगायत भ्रमण गरिएका ठाउँको विषयमा प्रवक्ता सिंहले भने, ‘त्यो ठाउँमा भ्रमणकर्ताहरुले आ–आफ्नै हिसाबले घुमेका हुन्।’वास्तविक कृषकलाई नै पन्छाएर राजनीतिक तरिकाले आफूसँग मिल्दा जुल्दाहरुलाई कृषिको नाममा ‘कुटो नै नसमात्ने’ लाई भ्रमणमा लगेर राज्यको रकम दुरुपयोग गरेको खप्तड छान्ना गाउँपालिका–४ का केशव जोशीको आरोप छ। ‘जिन्दगीभर कृषि पेशामा आवद्ध कृषकलाई भ्रमणमा लिएर गइ उनीहरुलाई नयाँ तरिकाले कृषि खेती गराउनु थियो, तर ‘कृषि अगुवा किशोर’ भनेर भ्रमण गराउनुले के फाइदा हुन्छ रु’ उनले प्रश्न गरे।

 

‘कृषि अगुवा किशोर’ भनेर भ्रमणमा लगिएकाहरुको बारेमा गाउँपालिका प्रवक्ताले भने, ‘उनीहरु सबै वडाका विभिन्न कृषक समूहमा आवद्ध हुन्, कृषि क्षेत्रमा केही चेतना फैलाउन् र अरुलाई पनि सल्लाह सुझाब देलान् भन्ने उद्देश्यले उनीहरुलाई भ्रमणमा लगिए को हो।’‘कृषि पेशामै जीवन बिताएका कृषकलाई किन भ्रमणमा लगिएन भन्ने प्रश्नमा प्रवक्ता सिंहले भने, ‘त्यो त गर्न सकिएन, यी भ्रमणमा गएका कृषि समूहका प्रतिनिधिहरुले पनि आ–आफ्ना तरकारीबारी बनाएका छन्। यिनीहरु पनि कृषक नै हुन्। अब यिनी हरुले अरु कृषकहरुलाई गाइड गरिहाल्छन्।’‘भ्रमणमा १० लाख खर्च गर्नुभन्दा खप्तड छान्ना गाउँपालिका जाने सडक मर्मत गर्नु थियो।

 

तमैल पुलको लागि त्यो रकम छुट्याउनु थियो’, खप्तड छान्ना गाउँपालिका ३ का दिपेन्द्र रावलले भने, ‘जनताको काम गर्नुको साटो जम्बो टोली लिएर भ्रमणमा जानु राज्यको रकम दुरुपयोग गर्नु हो।’यसरी भ्रमणका नाममा टाठाबाठाले देशभरी घुमेर रमाउनु कसै लाई फाइदा नहुने रावलले बताए। ‘यदि कृषि क्षेत्रमा राम्रो सन्देश छर्ने नै हो भने पनि २र४ जना वास्तविक कृषकसहित ८र१० जना मात्रै भ्रमणमा गए भने पनि राम्रो सन्देश त दिन सकिन्थ्यो।’ उनले भने। गाउँपालिका अध्यक्ष वर्क बहादुर रोकाया भने गाउँपालि काको कृषि भ्रमणपछि खप्तड छान्ना गाउँपालिकालाई ‘स्वर्ग’ बनाउने कुरा केही सञ्चार माध्यमलाई बताएका छन्। नेपालीन्युज,