बादरको आतंककै कारण स्थानिय बासिन्दा बसाई सर्न बाध्य, पकाएको खाना र बजार बाट किनेर ल्याएका सामान समेत बादरले नष्ट गर्छन्

बैतडी, मंसिर २५ । बैतडी सदरमुकाम क्षेत्रमाा केही वर्षदेखि बाँदरहरुले आतंक फैलाएको छ । दशरथचन्दनगरपालिकाको वडा नं ४,५,६ , ७ र ८ वडामा बाँदरहरुले आतंक फैलाएको स्थानीबासीले बताएका छन् । बाँदरका कारण स्थानीयबासी निकै आतंकित बनेका दशरथचन्द नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायणप्रसाद भट्टले बताए ।

 

बादरको आतंककै कारण स्थानिय बासिन्दा बसाई सर्न बाध्य छन् । खेतमा लगाएको बालिनालि र रुखका फलफुल मात्रै होईन पकाएको खाना र बजार बाट किनेर ल्याएका सामान समेत बादरले लग्ने गर्दा नागरिक आतंकीत भएका छन् ।

 

बादरले स्थानिय बासिन्दालाई सहनै नसकिने दुख दिन थालेपछि स्थानिय बासिन्दा बसाई सर्ने अवस्था समेत आएको पावती चन्दको भनाइ छ । बाँदरले खेतमा लगाएको बालीनालीदेखि भान्सामा पकाएको खाना समेत नष्ट गर्न थालेको दशरथचन्द नगरपालिका ८ त्रिपुराका हिम्मत चन्दले बताए ।

 

बर्षौदेखिको गाउँमा बादर आतंक छ उनले भने–‘लगाएका अन्नबाली बादरले सखाप पार्न थालेपछी खेतीपाती गर्न छोडेका छौं ।’ खेतमा लगाएको बालीनाली मात्रै नभएर भान्छामा पकाएको खाना समेत बाँदरले लग्ने गरेको दशरथचन्द नगरपालिका वडा नं ५ का स्थानीबासी डम्बर टमाटाले बताए । उनले भने–‘घरको एकजना मान्छे दिनभरी घरमा बाँदरका लागि कुरुवा बस्नुपरेको छ ।’

 

यहाँका स्थानीयबासीहरुले बाँदरका कारण खेत बाँझै छोडेका छन् । खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझो छोडेको स्थानीय तेजप्रकाश भट्टले जानकारी दिए । गएको ५, ६ बर्ष यता गाउँमा बाँदरको आतंक फैलिएपछि खेतमा बालीनाली लगाउन छोडिएको उनको भनाइ छ ।

 

समूहमा आउने वांदरले वालीनाली नष्ट गर्न थालेपछि धेरैजसोले वाली लगाउन समेत छोडेको सुमित्रा चन्दको भनाइ छ । उनले भनिन्–‘बाँदरले खेतमा लगाएका सबै फलफूल र अन्नबाली नष्ट गर्दा स्थानीयले बालीनाली लगाउन छोडेका छौ ।’

 

खेतमा लगाएको सबै तरकारी र अन्नबाली बाँदरले नष्ट गर्नथालेपछि आफूहरुले खेत बाँझै छोडेको स्थानीय लक्ष्मी भट्टले बताइन् । बाँदरले घरभित्र समेत पसेर नोक्सानी गर्ने गरेको उने बताइन् ।

 

बाँदरले सबै फलफूल समेत नष्ट गरेको स्थानीयहरुले बताएका छन् । बाँदरका कारण आफूहरुले निकै सास्ती भोग्नुपरेको स्थानीयहरुले बताएका छन् । यो सिजनमा लाखौंको सुन्तला,मौसम, अमिलो फल्ने यी क्षेत्रमा अहिले एकदाना पनि नभएको स्थानीयहरुले बताएका छन् ।

 

बाँदर नियन्त्रणका लागि दशरथचन्द नगरपालिका वडा नं ५ ले गतबर्ष डेढलाख बजेट समेत विनियोजन गरेको थियो । बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाएको भएपनि फेरी गाउँमै बाँदर फर्केर आएका वडा अध्यक्ष नारायण प्रसाद भट्टले बताए । दशरथचन्द नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना बाँदर आतंक पहिलो प्रकोपको रुपमा स्तरीकरण गरिएको छ ।

 

बाँदर व्यवस्थापनका कसरी गर्ने भन्ने बिषयमा नगरपालिकामा छलफल भईरहेको नगरप्रमुख नरेन्द्र सिंह थापाले बताए । बादरको आतंक बढेपछि बैतडीको दशरथचन्द नगरपालिकाले गत बर्ष बाँदर धपाउने अभियान सुरु गरेको थियो तर त्यो सफल हुन सकेको छैन् ।

 

दशरथ चन्द नगरपालिको स्थानीय मोहनबहादुर चन्दको नेतृत्वमा बाँदर लखेट्ने अभियान चलाएको भएपनि बादर लखेट्ने प्रयास सफल हुन नसकेको हो । भारतको काशी तथा वराणसीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छोडेको र त्यसपछि जिल्ला सदरमुकाममा बाँदरको आतंक बढेको स्थानीय बासिन्दाको भनाइ छ ।