पाइपलाइबाट प्रतिदिन ३७०० किलोलिटर इन्धन

काठमाडौं, मंसिर २६ । निर्माणाधिन पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा २२० किलोलिटर इन्धन आपूर्ती हुने भएको छ। नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन ९आइओसी० को संयुक्त लगानीमा निर्माण भएको पाइपलाईनबाट प्रतिघण्टा २२० किलोलिटरका दरले इन्धन आपुर्ति गरिने भएको हो।

 

पाइपलाईनबाट ल्याएको तेल बाराको अमलेखगञ्ज डिपोमा भण्डारण गरिने छ  । मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजनाका संयोजक भानु खनालले जानकारी दिए।

 

मोतिहारीमा डिपो निर्माण भएपछि पाइपलाइनबाट प्रतिघण्टा २२० किलोलिटरका दरले इन्धन आपूर्ति हुने र नहुन्जेल प्रतिघण्टा १९१ किलोलिटरका दरले इन्धन आपुर्ति हुने उनले जानकारी दिए।

 

‘बजार माग धान्नको लागि प्रतिदिन ३ हजार ७ सय किलोलिटर इन्धन पाइपलाइनबाट आपूर्ति गरिनेछ।’ उनले भने। ुप्रतिदिन १९ घण्टासम्म पाइपलाइन चल्छ। पाइपलाइनबाट ल्याएको तेल अमलेखन्जमा जम्मा भइ उपत्यकासँगै अन्य जिल्लामा वितरण गरिने छ।  आजको कारोबार दैनिकबाट।