चट्याङ लागेर ३ विद्यार्थी घाइते

अछाम, मंसिर २७ । अछाममा चट्याङ लागेर ३ जना घाइते भएका छन् ।आज बिहानपरेको चट्याङ लागेर घाइते हुनेमा कमलबजार नगरपालिका–७ सेरा स्थित पद्यमासना आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीया वुद्धि भण्डारी, ९ वर्षीय धिरज भण्डारी र ७ वर्षीया लक्ष्मी भण्डारी रहेका छन् ।

 

घाइते मध्ये १४ वर्षीया बुद्धि ,९ वर्षीय धिरजको अवस्था गम्भीर छ । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल मँगलसेन रेफर गरीएको छ भने एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा उपचार भइरहेको छ । विद्यालयमा अर्धबार्षिक परिक्षा चलिरहेको छ ।