अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता, समकक्षीको निम्तोमा जाँदै पराराष्ट्रमन्त्री


काठमाडौँ ,पौष  ०१ । १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने भएको छ । अमेरिकी समकक्षी माइक आर पोम्पियाको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ३ र ४ पुसमा उच्चस्तरीय वार्ता गर्नेछन् ।

भ्रमणकै अवसरमा बस्ने परराष्ट्रसचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा दुई देशको सम्बन्धका सबै पक्षबारे छलफल हुनेछ । लामो समय छिमेक ९भारत र चीन० मामिलामा केन्द्रित भएको नेपालले कुटनीतिक दायरा फराकिलो बनाउँदै छ ।

 

भारत र चीनबाहेक जापान र मंगोलिया भ्रमण गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार राति अमेरिकाको औपचारिक भ्रमणमा जान लागेका हुन् । आजको नयाँपत्रिका दैनिकबाट ।