चिसोले धारामा पानी आउन छाड्यो

काठमाडौं, पुस ८ । हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
केही दिनयता तापक्रम माइनस १४ डिग्रीसम्म पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।

 

उनका अनुसार बग्दै गरेका खोला समेत अत्यधिक चिसोका कारण जमेका छन् जसले गर्दा धारामा पानी समेत आउन छोडेको छ ।
चिसो बढेसँगै कतिपय कार्यालयका प्रमुख तथा कर्मचारीहरु बिदा मिलाएर घर फर्कीसकेका छन् । समाचार कान्तिपुर दैनिकबाट ।