क्रान्तिको बाटो सहज बनाइदिएकोमा ओलीलाई धन्यवाद : नेता सीपी गजुरेल

काठमाडौँ  पाैष १५। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेता तथा ( देजमाे)का अध्क्षय  सीपी गजुरेलले फर्केर हेर्दा भन्ने काव्य बिमाेचनमा बाेल्दै गजुरेलले भने केपी ओली सरकारले क्रान्तिको बाटो सहज पारिदिएको बताएका छन्। काठमाडौँमा आइतबार आयोजित काव्य बिमाेचन कार्यक्रममा बोल्दै उनले सरकारको ९ महिनाको कामले क्रान्तिको बाटोलाई सहज पारिदिएको बताएका हुन्।

बाेल्दै एक

नकारात्मक नै भए पनि ओली जीलाई धन्यवाद दिनै पर्छ। उहाँले क्रान्तिको बाटोलाई सहज बनाइदिँदै जानु भएको छ, उनले भने, हिजो ४० बुँदे पूरा गरेको भए जनयुद्ध सुरु हुने थिएँन। आज ओलीकै कामले गर्दा क्रान्तिको बाटो सहज हुँदै गएको बताएका छन्।

 

उनले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनु भन्दा अगाडि सहयोग गर्न आग्रह गरेको स्मरण गर्दै अगाडि भने, प्रधानमन्त्री हुनु अगाडि एक पटक भेट भएको थियो। उहाँलाई राम्रो काम गर्दै गए समर्थन गर्ने कुरा पनि गरेको थिएँ।

 

ओलीलाई प्रधानमन्त्री भएसँगै ९४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको गजुरेलले स्मरण गरे। उनलाई ९४ बुँदे ज्ञापनपत्र बुझाएका थियौँ। राम्रो भयो म यही हेरेर काम गर्छु भन्थे। फेरि यही माग लिएर तपाईँहरू आउनु पर्दैन भन्थे तर सब काम उल्टो गर्दै छन्। हिजो ४० बुँदे माग पूरा भएन जनयुद्ध सुरु भयो। आज पनि त्यस्तै भयो। क्रान्ति हुन्छ।

 

उनले अब हुने क्रान्ति हिजोको जस्तो नहुने भन्दै अन्तिमसम्म जनआन्दोलन हुने र दमन भए त्यसलाई सशस्त्र क्रान्तिमा परिवर्तन गरिने सङ्केत गरे।

 

नेता गजुरेलले नेपालीको क्रान्ति नेतृत्वकै कारण पराजय भोग्नुपरेको बताए। हिजो जनयुद्ध सुरु गर्दा छापेको पर्चा हेर्दा हुन्छ। जनवादी गणतन्त्र स्थापना नहुँदासम्म पछि नहट्ने दाबी गरिएको थियो। क्रान्ति सम्पन्न नहुँदासम्म हतियार नबुझाउने भनेर हामीले हस्ताक्षर गरेका थियौँ। तर नेतृत्वबाट गद्दारी भयो।

 

उनले हिजोका कमाण्डरहरु त्यही गद्दारीलाई गर्वको रूपमा प्रस्तुत गर्दै हिँडिरहेको बताए। हिजो एमाले सरकारमा हुँदा जनयुद्ध सुरु भएको र अहिले पनि एमालेकै नेतृत्वमा सरकार हुँदा क्रान्ति सुरु हुने उनले बताए।

 

हिजो एमाले सरकार हुँदा जनयुद्ध सुरु भएको थियो। अहिले पनि त्यस्तै छ अवस्था। नाम बदल्दैमा केही हुँदैन। आफूलाई जे भने पनि यो हिजोकै एमाले हो। क्रान्ति हुन्छ, उनले भने,कम्युनिस्ट नामधारी पार्टीको सरकार हुँदा बंगालमा नक्सलवाडी आन्दोलन भयो। कम्युनिस्ट नामधारीले नै क्रान्तिकारीहरूलाई बढी दमन गर्दै आएका छन्। एमाले र काँग्रेसले जसरी जनयुद्ध असफल पार्न सकेनन् अबको यो क्रान्ति असफल पार्न नाम फेरिएको नाम मात्रको कम्युनिस्टले पनि सक्दैन।

 

जनताले जस्तै आफूहरूले पनि यो सरकारले केही लोकप्रिय काम गर्ने अपेक्षा राखेको भए पनि अपेक्षा पूरा हुन नसकेको बताए। पहिलेको एमालेले गरे जस्तो केही लोकप्रिय काम त गर्छन् कि भन्ने लागेको थियो तर भएन,गजुरेल भने,उनीहरू सरकारमा आए पछि के भयो  महंगी बढ्यो। भएन अब जन्मँदा र मर्दा पनि डराउनु पर्ने भयो। जन्मँदा पनि कर मर्दा पनि कर ?

 

नेपाली समाजमा क्रान्ति प्रति वितृष्णा रहेको भन्दै उनले यो वितृष्णा बिस्तारै सरकारले हटाउँदै लगेको उनको भनाइ थियो। क्रान्ति हुँदैन भन्ने लाग्छ। हामी अहिले जनताको मा जाँदा जनताले प्रश्न गर्छन्। प्रचण्ड र बादलहरू जस्तै तिमीहरू पनि उस्तै गद्दारी गर्दैनौँ भन्ने के छ ? नेता गजुरेलले अगाडि भने, तर, ९ महिना मा सरकारले गरेका कामहरूले क्रान्तिको बाटो खोलेको छ। आज जनताहरूले क्रान्तिको चाहना गर्दै छन्। हिजो पनि हामीले क्रान्ति चाहेका थिएनै। जनताको आवश्यकताले क्रान्ति भयो। फेरि पनि जनताले क्रान्तिको महसुस गर्दै छन्। जनताले हाम्रा कुरा सुन्दै छन्।

 

क्रान्तिलाई रोक्न खोजे पनि नेतृत्वले हजारौँ पटक गद्दारी गरे पनि क्रान्ति हुने उनले दबी गरे। यो भएरै छाड्छ कुन बेला विस्फोट हुन्छ। त्यो भन्न सकिन्न, उनले भने।