सरकारले दुई दिन सर्वजनिक विदा दिने निर्णय


बुटवल पाैष १७। माघ १ गते अर्थात् थारु समुदायको माघी पर्वमा प्रदेश ५ सरकारले दुई दिन सर्वजनिक विदा दिने निर्णय गरेको छ।प्रदेश सरकारको मंगलबारको बैठकले माघे संक्रान्तिकाको अवसरमा माघ १ र २ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेकोले प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।