पहिलो व्यक्ति मै हुँ शपथ लिएपछि जेल जाने : चौधरी

काठमाडौँ, पुस १९ । टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले सांसद पदको शपथ ग्रहण गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

 

संसद् सचिवालय सिंहदरबारमा सभामुख कृष्णबहादुर महराबाट शपथ लिएपछि चौधरीले खुसी व्यक्त गरेका हुन्। उनले शपथ ग्रहणपछि जेल जाने पहिलो व्यक्ति भएको समेत दाबी गरे। भने, ‘शपथ लिएपछि जेल जाने पहिलो व्यक्ति मै हुँ।’

 

राजपाको सांसद चौधरी गत निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। शपथ ग्रहणका लागि डिल्लीबजार कारागारबाट कडा सुरक्षाबीच उनलाई संसद् सचिवालय पुर्‍याइएको थियो। शपथग्रहण गराइसकेपछि उनलाई सुरक्षाकर्मीले बाक्लो घेरा हाली गाडीमा चढाएर डिल्ली बजार कारागार लगिएको छ।