प्रदेश ३ मा ८७ प्रतिशतले बढ्यो जनप्रतिनिधिको तलब

काठमाडौं, पुस २० । प्रदेश ३ सरकारले मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा ८७.५ प्रतिशतसम्म वृद्धि गरेको छ। बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै ८७।५ प्रतिशतसम्म बढेको हो।

 

केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका वेला प्रदेश सरकारको यो निर्णय आएको हो। बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिकका सदस्यहरूको सेवा सुविधा एकैपटक झण्डै दोब्बर वृद्धि गरेको हो।राजधानी दैनिकमा समचार छ।  

 

निर्णयअनुसार आठ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब १८ हजार पाउनेछन्। यो वृद्धि ८७।५० प्रतिशत हो। सरकारको यो निर्णयसँगै उपमहानगरपालिका सदस्यहरूले अब मासिक १३ रुपैयाँ तलब पाउनेछन्।