वाइडबडी खरिद प्रकरणमा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी राजीनामा दिने तयारीमा

काठमाडौं पुस २३। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आज विहान राजीनामा दिने तयारी गरेका छन् । वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका अधिकारीले  आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने सुचना उनको निजी सचिवालयले दिएको छ । पत्रकार सम्मेलनमार्फत वाइन बडी विमानबारे आफ्ना भनाई राखेर अधिकारीले राजीनमा दिन लागेका हुन् ।

 
प्रधानमन्त्री केपी शर्मा ओलीसंग अधिकारीले परामर्श गरेपछि  उनले राजीनामा दिने तयारी गरेका हुन् । सार्वजनिक लेखा समिति बैठक पनि सोमबार विहान नै वस्ने तय भइसकेको छ । 

 

समितिले अधिकारीसहित सचिव कृष्ण देवकोटा र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन गर्ने तयारी गरेकाे छ । मन्त्री अधिकारीले लेखा समितिको वैठक वस्नुअघि नै राजिनामा दिने तयारी गरेको उनि निकट स्रोतको दावी छ।