सहकर्मीबाटै अपहरित युवकको यसरी गर्‍यो प्रहरीले आधा घण्टामा उद्दार

धनगढी, माघ १। अपहरणमा परेका एक युवकलाई प्रहरीले आधा घण्टामै उद्दार गरेको छ भने अपहरणमा संलग्न तीनजनालाई पक्राउ गरेको छ।

बुलेट मोटरसाइकलमा आएको समूहले धनगढीबाट मंगलबार बिहान फिल्मी शैलीमा बसन्त भाटलाई अपहरण गरेको थियो। गोदावरी नगरपालिका ६ तेघरीका बसन्त धनगढीको होटलमा कार्यरत छन्। उनी सोही होटलबाटै अपहरणमा परेका प्रहरीले जनाएको छ।

 

अपहरणमा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका २ सन्तोषी टोलका हर्केश सिंहबाग, सन्तोषी टोलमै बस्ने डोटीको आदर्श गाउँपालिका ५ काकुन्दन जोशी र होटलमै काम गर्ने दीपायल सिलगढी नगरपालिका ७ डोटीका चक्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

 

अपहरण आरोपमा पक्राउ परेका चक्र र अपहरणमा परेका बसन्त दुबै एकै होटलमा काम गर्छन्। चक्र र पक्राउ परेका तीनजना सहितका ७र८ जनाले होटलकै अगाडिबाट बसन्तलाई कुटपिट गर्दै हर्केश बागको बुलेट मोटरसाईकल नम्बर से ७ प ३४४५ मा राखेर अपहरण गरेका थिए। स्थानीयबासीहरूले छुटाउन खोज्दा पनि पर्सनल काम छ भन्दै दादागिरि शैलीमा कुटपिट गरी अपहरण गरेको प्रत्यक्षदर्शी जयराज न्यौपानेले बताए।

 

अपहरण गरेर मोहना नदी किनारमा रहेको जंगलमा बाँधेर कुटपिटको तयारी गरिरहेका बेला वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिलबहादुर सिंहको कमाण्डमा गएको प्रहरी टोलीले भेटाएको थियो। ‘हामी त्यहाँ पुग्दा बाँध्ने तयारी गरिहेका रहेछन्, प्रहरी आएको खबर पाएपछि अपहरणमा संलग्नहरू बसन्तलाई छोडेर भाग्न खोज्दै थिए, समातिए’, प्रहरी निरीक्षक सिंहले भने।

 

चक्र खड्का र बसन्त भाट दुबै धनगढी मुख्य बजारमा रहेको जलसा होटलमा कार्यरत छन। बसन्त भान्सामा काम गर्छन् भने चक्र ग्राहकको अर्डर लिन्छन्।

 

होटल सञ्चालक प्रदीप थापाले दुईजनाबीच मंगलबार बिहान सामान्य विषयमा विवाद भएको प्रहरीसँग बताएका छन्। ‘विहान दुबै जनाबीच अर्डर स्लिपमा लेखिएको अक्षर नबुझिएको विषयमा विवाद भएको रहेछ, चक्रले दिएको स्लिपमा हस्ताक्षर बुझिएन भनेर बसन्तले सेफसँग गुनासो गरेछन्, सेफले हकारेछन्ु, सञ्चालक थापाले भने, बसन्तलाई ुतलाईँ देखाई दिन्छुु भन्दै चक्रले अपहरणकारी युवकहरूलाई बोलाएको देखिन्छ’, होटल सञ्चालक थापाले भने।

 

‘अर्डर स्लिपमा हस्ताक्षर नबुझेको भनी सेफलाई देखाए, सेफले चक्रलाई बोलाएर राम्रो अक्षरमा लेख्नुपर्छ भनी हकारे, त्यसपछि मलाई देखाई दिन्छु भनेर धम्काए, केही बेरमा त केटाहरूको ग्याङ नै आयोु, अपहरणमुक्त भएपछि बसन्तले भने, मलाई कुट्दै मोहनाको जंगलमा पुर्‍याए, कोही खाल्टो खनेर पुरिदिने त कोही रुखमा बाध्नुपर्छ भन्दै कुट्दै थिए, प्रहरी आइपुग्यो।ु बसन्तको कान र टाउकोमा सामान्य चोट लागेको छ।

 

हर्केश बागले आफै चलाएको बुलेट मोटरसाईकल से ७ प ३४४५ पनि प्रहरीले बरामद गरेको छ। घटनास्थल मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि दुई सय मिटरको दुरीमा छ भने बसपार्कको सुरक्षाका लागि राखिएको प्रहरी पोस्ट पनि झण्डै दुईरतीनसय मिटरको दुरीमा छ।

 

‘हामीले रोक्दा रोक्दै फिल्मी शैलीमा कुट्दै बुलेट मोटरसाइकलमा हाले, अनि पछाडि तेस्रो ब्यक्ति बसेर मोटरसाइकल घुइक्याउँदै दिनदहाडै यस्तो अपहरण हुन्छ भने शान्ति सुरक्षा कहाँ रह्यो र  प्रत्यक्षदर्शी पृथ्वी मल्लले भने। प्रहरीले घटनामा संलग्न छत्र कठायत नाम गरेका युवक फरार रहेको जनाएको छ। तीनै जनालाई अपहरण मुद्दा चलाउने प्रहरीले जनाएको छ।साभार अन्न्पुर्णपोष्ट डटकम