सार्वजनिक यातायातको भाडा बढ्दै

काठमाडौं, फागुन १४ । व्यवसायीको आग्रहमा सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाउने तयारी गरेको छ ।असोजमा १० प्रतिशत भाडा वृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुनः भाडा वृद्धि गर्न लागेको हो ।

 

यातायात व्यवसायीहरुले गत असोजमा दशैंका लागि अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले बाध्य भएर असोजमा भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

अब इन्धनलगायत यातायात सञ्चालनका लागि आवश्यक अहिलेको न्यूनतम लागत मूल्यलाई पनि हेरेर नयाँ भाडादर कायम हुने यातायात व्यवस्था विभागले जनाएको छ । समाचार राजधानी दैनिकबाट।