जहाँ २० हजारमा लाइसेन्स किन्न पाइन्छ

काठमाडौं, फागुन १४ । पछिल्लो समय यातायाता कार्यालयमाथि निगरानी बढाएपछि बिचौलिया र कर्मचारी तर्सिएका छन् । तर उनीहरुले घुस खान छाडेका छैनन् । घुस माग्ने नयाँ नयाँ उपाय प्रयोगमा ल्याइरहेका छन् । पहिला कर्मचारी सेवाग्राहीसँग हाकाहाकी घुस माग्थे टेबलमुनिबाट घुस लिन्थे । घुस नदिए फाइल अड्काइदिन्थे ।

 

तर अहिले यातायात कार्यालयबाहिरबाटै सेटिङ हुन्छ । कार्यालय प्रवेशद्वारमा भेटिएका बिचौलिया भन्दै थिए , ‘अब भित्र घुस चल्दैन । सीसी क्यामेरा जडान भएको छ ।’

 

कार्यालयमा नागरिक बडापत्र राखिएको छैन । खानेपानीका लागि बनाइएको कल बिग्रिएको छ भने लेखाफाँट अगाडि सेवाग्राही उभिने झ्यालमाथि बिजुलीका तार असरल्ल छ । कार्यालय डुंगडुगी गन्हाएको छ । यो जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा हो । जहाँ बिचौलियाले २० हजार दिए लाइसेन्स बनाइदिने बताउँछन् । समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट।