सिलगढी झिग्राना सडक यसै बर्ष सुरु हुन्छ : मन्त्री भट्ट

 

     तारादत्त भट्ट

डोटी, फागुन २०।सुदूरपश्चिम प्रदेशको मूख्य पर्यटकिय स्थलको रुपमा रहेको खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको यसै बर्षदेखी निमार्ण कार्य सुरु हुने सुदूरपश्चिम प्रदेशका उद्योग बन पर्यटन तथा बाताबरण मन्त्री मायाँ भट्टले बताईन । मन्त्री भट्टले भनिन् ‘ सुदूरपश्चिमको बिकासका लागी खप्तड जोड्ने मूख्य सडकको रुपमा रहेको सिलगढी–झिग्राना सडक पिच गर्ने कार्य यसै बर्ष सुरु हुन्छ ।’

प्रदेशको बिकासका लागी सबैको सकरात्मक सहयोग गर्न आबश्यक रहेको मन्त्री भट्टले बताईन । प्रदेश सरकारले प्रदेश महत्वको धेरै योजना सुरु गरेको छ, यहाँहरुको सहयोग आबश्यक हुन्छ ।

डोटीको दुई नम्बर क्षेत्र भएर आउने सहजपुर–बोगटान सडकलाई प्रदेश सरककारले प्रदेश गौरबको सडकमा राखेको मन्त्री भट्टले जानकारी दिईन । लामो समय देखी चर्चामा रहेको पश्चिम सेती स्वदेशी लगानीमा निमार्ण गर्नका लागी प्रदेश सरकारले संघिय सरकारसंग माग गरेको समेत भट्टले बताईन ।

 

डोटीको दिपायलमा सरू भएकाे सुदूरपश्चिम प्रादेशिक महोत्सबको उद्घाटन गरिएको छ । डोटी चेम्बर अफ कमर्स डोटीले आयोजना गरेको महोत्सबको सुदूरपश्चिम प्रदेशका उद्योग बन पर्यटन तथा बाताबरण मन्त्री मायाँ भट्टले महोत्सबको उद्घाटन गर्नु भएको हो ।

‘सेतीको हिरा खप्तडको मोती, ब्यापार कृषी पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने मुल नाराका साथ २७ गतेसम्म संचालन हुने महोत्सबको उद्घाटन गरिएको हो ।