मृतक भेटिएका युवकको अझै भएन सनाखत, हत्या भएको प्रहरीद्वारा पुष्टि

कैलाली, चैत २ । गोदावरी नगरपालिका वडा नम्बर ४ खैराना गाउँको सडकमा शनिबार बिहान मृत अवस्थामा फेला परेका युवकको हत्या नै भएको प्रहरीले पुष्टि गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक ९एसपी० आभुषण तिमिल्सिनाले शवको अवस्था र उक्त शवको शरीरमा रहेको घाउहरु हेर्दा उनको मृत्यु नै भएको जस्तै रहेको बताए । उनले थप छानबिन नगरिकन ठ्याक्कै भन्नै चै अलि गार्है भएको पनि बताए ।

 

शवको फोटो हेर्दा अनुहार नै चिन्न मुस्किल पर्ने किसिमको छ । त्यसैले उनको शव फेला परेको १२ घण्टा बितिसक्दा सम्म पनि मृतक को हुन र कहाँका हुन भन्ने पत्ता लागेको छैन । एसपी तिमिल्सिनाले यो उद्गृत गर्दै भने “मृतकको फोटो सबै मिडियाहरुलाई पठाईसकेका छौं, फोटो हेरेर कसैले चिनिहाल्छ कि भन्ने आशा छ ।”

 

उनको हत्या नै भएकाले हत्यामा संलग्न हत्याराहरुलाई खोजी गर्न प्रहरी खटाईसकेको उनले वताए । हत्यारालाई कुनै पनि हालतमा नछाडिने उनले जिकिर गरे । मृतकको छाती र टाउको दुई ठाउँमा गहिरो घाउ छन । ढुङ्गाले हानेर मारेर र उक्त ठाउँमा ल्याएर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई बिहान नै पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल लगिएको थियो तर पोस्टमार्टम रिपोर्ट चै अझै आएको छैन ।