काठमाडौंको मुख्य–मुख्य दस स्थानमा ट्राफिक लाइट जडान गर्ने

काठमाडौं ,चैत८ । काठमाडौंको १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।

 

काठमाडौंका सडकमा सर्वसाधारण यात्रु सडक वारपार गर्न आकाशे पुल नहुँदा सर्वसाधारण यात्रुहरु पनि सडकबाटै बाटो काट्नु पर्ने बाध्यता रहेको छ । सर्वसाधारणको अत्याधिक चाप हुने क्षेत्रमा ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सास्ती हुने गरेको छ । कार्यालय समय पिक आवरमा काठमाडौंको मुख्य चोक–चोकमा अत्याधिक रुपमा सवारी जाम हुने गरेको छ ।

 

बढदो सवारीसँगै सडकको ठाउँठाउँमा आकाशे पुल नहुँदा सवारी जाम हुने क्रम बढेको छ । काठमाडौंको सीमित ठाउँमा मात्र आकाशे पुल रहेको छ । सडक विभागले आकाशे पुल निर्माण गर्ने योजना अगाडि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन् । सडकका चोकचोकमा ट्राफिक लाइट नहुँदा धेरै संख्यामा ट्राफिक प्रहरी खटिने गरेका छन् ।

 

सडक विभागले अत्याधिक रुपमा सवारी जाम हुने मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने काम अगाडि बढाएको हो । विभागले बागबजार, पद्यमदोय मोड, सिंहदरवार, तीनकुने ९तीन ठाउँ०, कालिमाटी ९दुई ठाउँ० पुरानोवानेश्वर, गौशला, मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो । ९७ लाख लगानीमा दस स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढेको सडक विभागले बताएको छ । जडान गर्ने जिम्मेवारी पाएको प्रजिल कन्टक्सनले वैशाख पहिलो साता लाइट जडानको काम सम्पन्न गरिससक्ने कम्पनीकाबाट जिम्मेवारी लिएका रामचन्द्र खड्काले बताउनुभयो ।

 

सडक विभागले यस अघि नयाँ वानेश्वरमा ट्राफिक लाइट जडान गरेको थियो । नयाँ वानेश्वर, महानरगन्ज, पुलचोक, टिचिङ अस्पताल अगाडि, शकंदरदेव क्याम्पस अगाडी पनि ट्राफिक लाइट सञ्चालनमा आइसकेको छ । हाल ट्राफिक लाइट जडान गर्न लागिएको मध्ये पुरानो वानेश्वर, गौशला र मित्रपार्क नयाँ स्थान हो । ट्राफिक लाइट जडान गर्नको लागि महानगरपालिकाले पनि सहयोग गर्दै आएकमो छ ।

 

ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनको लागि उपत्यकामा १ सय ५० क्षेत्रमा ट्राफिक लाइट जडान गर्नुपर्ने बताएको छ । उपत्यकाको विभिन्न क्षेत्रमा जडान हुने ट्राफिक लाइट कन्ट्रोल पनि एकै ठाउँबाट गर्ने गरी गृहकार्य अगाडि बढेको छ ।यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ।