आज मिति २०७५ साल चैत्र १४ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस् र शेयर गर्नुहोस्

मेषः– अरुको काम गरेर जश कम मिल्नेछ । अरुका कुरा बढि नसुन्नु होला । विवाद नगरी काम गर्नु होला । व्यापारबाट अल्प लाभ हुनेछ ।चिन्तन धेरै काम थोरै हुने छन् । समयमा निणर्य लिन सकिएन भने अवसर गुम्न सक्छ ।साझपख धार्मिक कार्यमा मन जानेछ र समयमा विस्तारै सुधार आउने देखिन्छ । भ्रमबाट मुक्त हुनुहुनेछ ।

 

वृषः– व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । मनमा कुरा खेल्न छोड्ने छैन । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । घरयासी खर्च बढ्नेछ । काम गरेर जश पाईने छैन । दिनको अधिकाँश समय भेटघाटमा जानेछ । गर्नु पर्ने कामले प्राथमिकता पाउने छैन ।

 

मिथुनः– काम गर्ने जोश जागर बढ्नेछ । थाति रहेका कामहरु सुचारु हुँनेछन् भने नयाँ काम गरि मनग्गे धन संग्रह गर्न सकिन्छ ।धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । प्राविधिक कामबाट बढि लाभान्वित हुनुहुनेछ ।

 

कर्कटः– कारोवार गर्दा सर्तक रहनु होला । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । काम गर्दा विभिन्न खालका समस्या आउने छन् । प्रयत्नबाट मात्र काम हुनेछन् । निराशाको अनुभूति हुनेछ । प्रतिस्पर्धामा फाइदा हुँदैन ।

 

सिंहः– बिराध गर्नेहरू पाखा लाग्नेछन।काम गर्ने जोश जागर बढ्नेछ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ।यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ ।

 

कन्याः– समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् । रिसलाई नियन्त्रण गर्नु होला ।नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । लेनदेन कारोवार विग्रिन सक्छ ।

 

तुलाः– सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् मान सम्मान पाईनेछ ।काम गरे अनुसारको उपलब्धि हासिल हुनेछ । इष्टमित्र साथी भाईबाट सहयोग मिल्नेछ । । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ व्यापार बढ्नेछ ।मेहनेको राम्रो फल प्राप्त होला। उधारो रकम उठ्नेछ ।

 

वृश्चिकः– आफ्नो काम सम्पन्न गर्न अरुको मुख ताक्नु पर्ने छैन । राज्य तथा राजनितिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापारमा सुधारका संकेत देखिने छन् ।समय चक्र राम्रो चलेको छ । काम सरल तरिकाबाट बन्नेछन् ।

 

धनुः– गलत विचारको अन्त्य हुनेछ । आर्थिक कुराले बढि पिरोल्नेछ । भाग्यले थोरै साथ दिने देखिन्छ । परिवारबाट कम सन्तुष्टि मिल्नेछ । कामले विस्तारै गति लिनेछ । विवादमा नफस्नु होला । । सामाजिक उत्तरदायित्व बढ्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।यात्रा हुनसक्छ । राम्रोरनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ ।

 

मकरः– अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् ।मानसिक चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायमा मन्दि आउनेछ । काम गर्ने जोश जागर बढ्ने छैन । आफन्तमा विवाद पर्ला ।

 

कुम्भः– अरुको भर नपरि काम गर्नु होला,गरेका काम प्राय सफल हुनेछन् धनको सहि परिचालन गर्न नसक्दा आम्दानिका बाटाहरु साघुरा हुँनेछन् । सोचेजस्तो काम नहुदा मन खिन्न रहला। बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । विवादित काममा हात नहाल्नु होला ।

 

मिनः– प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । पढाई लेखाई तिर भन्दा अन्य काममा बढि चासो रहनेछ ।प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् ।