प्रहरीले विप्लवका नेतालाई लखेटी लखेटी समात्यो, भाग्दै गर्दा पोलमा ठोक्कीएका नेताको अवस्था गम्भीर

विराटनगर १६ चैत  । विप्लव नेतृत्वको  (नेकपा )का जिल्ला स्तरका एक नेतालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । प्रहरीले गएराति विराटनरबाट पार्टीका मोरङ जिल्ला सचिव नवराज भट्टराईलाइ नियन्त्रणमा लिएको हो ।उनलाई लखेटी लखेटी प्रहरीले पक्राउ गरिएको जनाईएको छ । प्रहरी स्रोतका अनुसार सचिव भट्टराई विराटनगरमा भेटिएका थिए । उनलाई प्रहरीले पक्राउ गर्ने कसरत गर्दा उनी मोटरसाईकलमा भागे । भाग्ने क्रममा विराटनगरको पुस्पलाल चोकको विजुली पोलमा मोटरसाईकल ठोक्की एका कारण उनी दुर्घटनामा परेर गम्भीर घईते भएका थिए ।साथसाथै पुगेको प्रहरीको टोलीले उनलाई सोही स्थानबाट पक्राउ गरेको थियो ।

गम्भीर अवस्थामा रहेका भट्टराईलाई उचारको लागि विराटनगर स्थित कोसी अन्चल अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार असम्भव भएपछि उनलाई बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ।भट्टराईको टाउकोमा गहिरो चोट लागेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । विप्लवमाथि सरकारले प्रतिबन्ध लगाएर नेता तथा कार्यकर्ता पक्राउ गर्न प्रहरीलाई आदेश दिएको छ । हालसम्म प्रहरीले विप्लवका सयौँ नेता तथा कार्यकर्ता नियन्त्रणमा लिईसकेको छ ।मोरङबाट विप्लवका कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ पुष्कर, ब्यूरो सदस्य माधव गौतम र मोरङकै इञ्चार्ज कृष्णकुमार श्रेष्ठलाई केही दिन अघि मात्रै पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।