केपि ओलि सरकारले एक बर्ष बितिसक्दा एउटा राम्रो काम गरेन : सभापति देउवा

    नरेन्द्र महतारा

काठमाडौ,चैत्र ३०।पुर्वप्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवाले कुनै पनि समस्याको समाधानका लागी वार्ता नै आवश्यक भएको बताएका छन।११ बिद्यार्थी संगठनहरुद्वारा आयोजित समसामयिक राजनीति र बिद्यार्थी आन्दोलन बिषयक बिचार गोष्ठीमा शुक्रबार देउवाले उक्त अभिव्यक्ति राखेका हुन।

 

केपि ओलि नेतृत्वको वर्तमान सरकार गठन भएको एक बर्ष बितिसक्दा एउटा पनि राम्रो काम नभएको भन्दै देउवाले सरकारको कडा आलोचना गरे।बरु सरकारले देशमा काम गर्नुको सट्टा हत्यारा बचाउने काम गरेको,शान्ति,सुरक्षा र अमञ्चयनमा खलल पुर्याएर यो सरकार अधिनायकवादको बाटोमा उन्मुख भैरहेको उनले जिकिर गरे।झएउटा जिल्लाबाट अर्को जिल्लामा जादा पनि यो सरकारले कर लगाएको छञ,उनले भने झत्यसैले यो सरकारको नाम केपि ओलिभन्दा करप्रसाद ओलि नै उपयुक्त छ।

 

सिके राउतजस्ता बिखण्डनकारी राजनीतिक तत्वलाइ राजनीतिक मुलधारमा ल्याएर जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने विचार ठिक छैन जबकी नेपालको कुनै पनि भुभागमा जनमत संग्रह आवश्यक नै नभएको पनि उनले औल्याए।बिप्लब नेतृत्वको नेकपालाइ सरकारले लगाएको प्रतिबन्धको काङ्ग्रेस पार्टीले घोर आलोचन गर्ने र बिप्लब नेतृत्वलाइ पनि बन्दुक पडकाएर मान्छे मार्दै हिड्ने हिंसात्मक बाटो त्यागेर वार्ताको टेबलमा आएर आफ्नो समस्याको समाधान गर्न पनि उनले आग्रह गरेका छन।

यसै क्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैध (किरण )ले पनि वर्तमान सरकारको कडा आलोचना गरेका छन।दलाल,पुजीवादी र फासिबादी सरकारकविरुद्ध आन्दोलन नै विकल्प भएको र अब बिद्यार्थी आन्दोलनलाइ आफ्नो पार्टीले समर्थन गर्दै त्यसमा एक्यवद्धता पनि जनाएका छन।

 

कार्यक्रममा नेकपाका अध्यक्ष ऋषि कट्टेल, माओवादी केन्द्रका संयाेजक, गोपाल किराती,नेकपा मालेका महासचिव सिपि मैनाली,रास्ट्रबादी नेपालका अध्यक्ष चन्द्रबहादुर शाह,काङ्ग्रेसका नेता प्रकाशशरण महत,राजपा नेता राजेन्द्र महतो,नेता भिम राइ लगायतले सरकारको कामविरुद्ध आफ्नो धारणा राखेका थिए।विभिन्न बिद्यार्थी संगठनका बिद्यार्थी नेताहरुले पनि सरकारको दिनगन्ती सुरु भएको भनी आफ्नो- आफ्नो धारणा राखेका थिए र अब यो सरकारविरुद्ध कडा आन्दोलन गर्ने पनि चुनौती दिएका थिए।प्रतिबन्धित बिप्लब पार्टीको सन्देशमा पनि सरकारलाइ कडा आलोचना गरिएको थियो।