आज हावाहुरी सहित पानी पार्ने

काठमाडौं, बैशाख १८ । देशको पहाडी भेगमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

 

त्यसैगरी रातिको समयमा देशको पहाडी भेगमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ। पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । साथै पूर्वी तराई भेगका एक–दुई स्थानमा सामान्य हुरीरबतास चल्ने सम्भावना छ