लोकसेवामा आकर्षणः कति आवेदन पर्यो १० दिनमा

काठमाडौं, जेठ २५ । लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी पूर्तिका लागि आह्वान गरेको विज्ञापनमा १० दिनको अवधिमा झन्डै ५० हजारले अनलाइन आवेदन दिएका छन् । आयोगले यसै अनुपातमा आवेदन दिने क्रम रहेका अन्त्यसम्ममा पाँच लाखभन्दा बढीको आवेदन पर्ने आँकलन गरेको छ । आयोगका प्रवक्ताएवम सहसचिव किरणराज शर्माका अनुसार शुक्रबार ११ बजेसम्ममा ४७ हजार ८७१ जनाको आवेदन परेको छ ।

 

आयोगले जेठ १५ गते ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन खुलाएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५१५ स्थानीय तहमा १३ हजार ६४५ कर्मचारी आवश्यक रहेको विवरण पठाउँदै कर्मचारी भर्नाको प्रक्रिया सुरु गर्न आग्रह गरेको थियो ।

 

मन्त्रालयको आग्रहपछि ४ हजार ४४८ कर्मचारी संख्या बढुवाका लागि राखेर बाँकीको भर्ना प्रक्रिया अगााडि बढाएको थियो । आयोगले कर्मचारी भर्नाको प्रक्रिया सुरु गरेसँगै समावेशी सिद्धान्तको आधारलाई बेवास्ता गर्दै कर्मचारी भर्नाको प्रक्रिया अघि बढाएको भन्दै विभिन्न राजनितिक दल तथा विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।