कोरियन भाषा परिक्षा २ महिलासहित ५५ जना नक्कली प्रशिक्षार्थी पक्राउ

काठमाण्डौँ, जेठ २४ । काठमाण्डौ र ललितपुरका बिभिन्न परिक्षा केन्द्रहरुमा सञ्चालित पहिलो चरणको पहिलो दिनको पहिलो सिफ्ट र दोस्रो सिफ्ट  EPS-TOPIK  कोरियन भाषा परिक्षाका ५५ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

 

प्रहरीले २८ वटा परिक्षा केन्द्रहरुबाट अर्को ब्यक्तीको नाममा परिक्षा दिन परिक्षा हलभित्र प्रबेश गरेका २ महिला र ५३ जना पुरुष गरी जम्मा ५५ जना नक्कली प्रशिक्षार्थीहरु फेला परेका हुन् ।

 

महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानिय प्रहरी ईकाईबाट खटिएको टोलीले पक्राउ गरेका नक्कली परिक्षार्थीहरुलाई आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी ईकाईहरुमा बुझाएको प्रहरीले महानगरीय अपराध महाशाखाले जनाएको छ ।