नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,जेठ २८ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विद्येयक फिर्ताको माग राख्दै आज तेस्रो चरणाकाे आन्दोलनकाे घोषणा गरिएकाे छ। 

महासंघको केन्द्रीय कार्यलयमा पत्रकार सम्बद्ध संघ,संगठन एवम् सरोकारवाला निकाय संग आज छलफल पछि तेस्रो चरणकाे आन्दोलनका कार्यक्रम घोषणा गरिएकाे हाे।

सो कार्यक्रमकाे अवसरमा आज आयोजित कार्यक्रममा जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे,प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा,क्रान्तिकारी पत्रकार महासंघका सचिव रनसुर महतारा (रमेश)  अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरि बहादुर थापा,नयाँ पत्रिकाका सम्पादक उमेश चौहान,लगाएतका सरोकारवाला सघं,संगठनका प्रतिनिधिहरुले आन्दोलन अझै घनिभुत पार्नुपर्ने कुरामा जोड दिएका थिए ।

 

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारहरुले गरेको आन्दोलनलाई राजनीतिक रङ्ग दिनुका साथै विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपतिजनक भएको ठहर समेत गरेको छ ।

 

छलफलमा सहभागीहरुले सरकारले नियोजित ढंगले मिडियाको घाँटी निमोठ्न खोजेको भन्दै आम नागरिक एवम् देशभरका पत्रकारहरु शसक्त ढंगले आन्दोलनमा सहभागी बन्नुपर्नेमा जोड दिएका छन् ।

 

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरी फासीवाद लाद्न खोजेको टिप्पणी समेत गरेका थिए।
नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दिलिप थापामगरको अध्यक्षतामा भएको छलफलको सञ्चालन महासचिव रमेश विष्टले गरेका थिए ।छलफलमा प्रेस स्वतन्त्रताकाे पक्षमा देशब्यापी हस्ताक्षर संकलन देखि लालटिन जुलुस र सिटि जुलुस सम्मका कार्यक्रम तय गरिएको छ।

 

मिडिया काउन्सिल विद्येयक फिर्ता नै लिनु पर्छ भने माग राख्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेकाे हाे।

 यस्ताे छन् आन्दोलन घोषणा कार्यक्रमा