आज केहि स्थानमा मेघगर्जन सहित हावाहुरी र वर्षा हुने सम्भावना

काठमाडौं, जेठ ३०। आज बिहीबार देशभरिनै आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार रातिको समयमा देशको पश्चिमी भु–भागमा सामान्यदेखि पुर्ण बदली रहने साथै मध्य तथा पुर्वी भु–भागमा आंशिकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका केही स्थानमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।