तनाव हटाउने उपाय,यस्ता छन्


आजको आधुनिक मानिस अत्याधिक व्यस्त र तीव्र प्रतिस्पर्धात्मक जीवन जिइरहेको छ ।
जसले गर्दा अधिकांशलाइ तनावले सताउने गर्छ ।सामान्यतया तनावलाई मानसिक स्वास्थ्यसँग मात्रै जोडेर हेरेको पाइन्छ। यद्यपि यो शारीरिक समस्या पनी हो । लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्दा आँखामा तनाव सिर्जना हुन्छ । काम धेरै गर्दा मेरुदण्ड र गर्दनमा तथा मांसपेशीमा पर्ने भारले समेत त्याहाँ तनाव सिर्जना हुन्छ । यस्ता तनाव समयमै व्यवस्थापन नगरेमा करिब ६० प्रतिशत मानिसमा टाउको दख्ने समस्या हुने गर्छ। अब जानौ तनाव व्यस्तापन गर्ने उपाय ।

खानपानमा ख्याल

तनावले शारीरिक अवस्थासाग प्रत्यक्षय सम्बन्ध राख्छ । खाजा नखाइ बिहानैदेखी काममा जाने खाना समयमा नखाने तथा स्वस्थ खनेकुरा सेवन नगर्ने बानिले तनाव बढाइरहेको हुन्छ ।जसले शारीरिक तथा मानसिक दुवैखाले असर पुत्याइरहेको हुन्छ। त्यसैले समयमा त्यसमा पनि स्वस्थ खाना खानु पर्छ। केरा,अमला ।स्याउ, जौ,कुरिलो दुधलगायत तनाव व्यवस्तापन गर्न सयोग गर्ने खाने कुरा खान सकिन्छ ।
योग र ध्यान गर्ने

अस्तव्यस्त जीवन शैली भएका मानिसमा तनावले स्वत डेरा जमाउँछ लामोसमय बौद्धिक काममा बिताउने तर शारीरिक व्यायाम नगर्ने बानीले गर्दा डिप्रेसनको सम्भावना बढदै जान्छ। त्यसैले विहानको समयमा योग र ध्यान र्गदा दिनभरिको समय सजिलै व्यवस्थापन गर्न सकिन्छ ।
साथै धैर्य गर्ने क्षमता बढने दिमाग शान्त हुने तथा विचार व्यवस्थित गर्न सकिने हुन्छ।

 

आफुलाइ समय दिने कामको अध्याधिक चाप र जिम्मेवारीको बोझले मानिसलाइ अल्छी बनाइदिएको छ । फुर्सदको समयमा पनि निष्क्रिय बस्ने ग्याजेट सामाजिक सञ्जालमा लामो समय बिताउने गर्छन्। जसले गर्दा कहिल्यै फ्रेस महसुुस हुन पाउँदैनन्।

त्यसैले थोरै समय भए पनि आफ्ना लागि छुट्याउनुपर्छ ।आफ्नो काम आफै गर्ने बानी बसाल्नुपर्छ फुर्सदमा कोठा र घरको सरसफाइ गर्ने एक्लै भए पनि खुला ठाउँमा समय बिताउने आफन्त तथा साथिभाइसँग घुम्न जाने गर्नुपर्छ।

बिहान योजना बनाउने

तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचार्य एकदमै महत्वपूर्ण हुन्छ ।दैनिक कामलाइ आवश्यकता र महत्वका आधारमा वर्गिकरण गरी समय निर्धारण गर्नुपर्छ । त्यस्तै निय मित व्ययाम र आरामले तनावबाट मुक्ति पाउन सकिन छ । आफ्नो क्षमताले भ्याउने काम गर्नुपर्छ। त्यो पनि व्यावस्थित रुपमा । हरेक बिहान आफुले दिनभरि गर्ने कामको योजना बनाउनु पर्छ। जसले काम गर्न सहज हुन्छ र तनाव महसुस पनि हँुदैन।

तनावको सामना गर्नुहोस्

कस्तो अवस्था र व्यवहारले तनाव ल्याउँछ र तनावका वेला तपाई कस्तो प्रतिक्रिया जनाउनु हुन्छ यो बुझ्न जरुरी छ । निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफुमा कम गर्न सकिन्छ । के कारणले तनाव भइरहेको हो भन्ने कुरा केलाएर तयसको समाधानतिर लाग्नु पर्छ।