नेपाल बिजुलीमा आत्मनिर्भर बन्दै

काठमाडौँ, जेठ ३२ । कुलमान घिसिङ। नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उहाँ नियुक्त हुँदा देश चरम विद्युत्भार कटौती ९लोडसेडिङ० बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थियो । हुन पनि विद्युत्भार कटौती राष्ट्रिय समस्या नै थियो ।

 

तर अहिले दृश्य फेरिएको छ । सबै चिज ठीक गतिमा गयो र कुनै भवितव्य आइपरेन भने अबको एक÷दुई वर्षमा उत्पादित विद्युत्को व्यवस्थापन कसरी गर्ने भन्ने अर्को टाउको दुखाइको विषय हुनसक्छ ।

 

यही महिनाका औसत आँकडा हेर्ने हो भने नेपाल विद्युत् प्राधिकरणले एक हजार २२६ मेगावाट विद्युत् आपूर्ति गरिरहँदा मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था छैन । यसमध्ये ५४७ मेगावाट बिजुली भारतबाट ल्याइएको हो । प्राधिकरणको आफ्नै आयोजनाबाट ४५२, निजीक्षेत्रबाट २२७ मेगावाट विद्युत् आपूर्ति भएको छ ।

 

आउँदा एक वर्षमा थप हुने एक हजार दुई सय मेगावाटसमेत तीन वर्षभित्र पुग्ने तीन हजार आठ सय मेगाबाट बिजुली खपत र व्यवस्थापनका लागि ठोस योजना बनाउने काममा जुट्नुपर्छ ।

छिट्टै आत्मनिर्भर

कुनै भवितव्य परेन अगामी आर्थिक वर्षको बजेट सार्वजिनक गर्ने क्रममा अर्थमन्त्रीले भन्न पाउनुहुनेछ, “नेपाल जलविद्युत् उत्पादनमा आत्मनिर्भर भएको छ ।” यो भन्ने अवस्था ल्याउने आधार निर्माणसम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाले दिनेछन् । असारको अन्त्यसम्म नेपालको विद्युत् जडित क्षमता एक हजार चार सय मेगावाटको हाराहारीमा पुग्ने छ भने अर्को २०७७ असारभित्र थप एक हजार मेगावाट बिजुली थपिएर दुई हजार चार सय मेगावाट पुग्नेछ । अफ सिजनमा पनि विद्युत्को उपलब्धता कम्तिमा एक हजार आठ सय मेगावाट हुने नेपाल विद्युत् प्राधिकरणको आँकलन छ ।

 

आर्थिक वर्ष २०७६–७७ को वजेट वक्तव्यमै भनिएको छ, “आधुनिक र नवीकरणीय ऊर्जा मुलुकको दिगो आर्थिक विकाससँग सामाजिक आर्थिक रुपान्तरणको माध्यम हो । ऊर्जाको ठूलो स्रोत नै जलस्रोत भएकाले यस क्षेत्रलाई हाम्रो समृद्धिको सम्बाहक क्षेत्र बनाउने गरी बजेट विनियोजन गरिएको छ ।”

कति उत्पादन हुँदैछ  

वि.सं. १९६८ देखि सुरु भएको नेपालको विद्युत उत्पादनको इतिहास १०८ वर्षमा उत्पादन भए बराबरको विद्युत् आगामी आर्थिक वर्षमा एक हजार मेगावाट बिजुली थपिने भएको छ ।

 

निर्माणाधीन आयोजनाको सूची हेर्दा २०७८ चैत मसान्तसम्ममा दुई हजार ५४३ मेगावाट थप बिजुलीको व्यावसायिक उत्पादन सुरु हुनेछ । समग्रमा २०७८ चैतसम्ममा नेपालमा करिब तीन हजार आठ सय मेगावाट बिजुली उत्पादन भएको हुनेछ । गोरखापत्र दैनिकमा