केटाले विवाह गर्न नमानेपछि केटीद्धारा एसिड आक्रमण

काठमाडौ । सामान्यतया हामीले महिलाहरुमाथि एसिड आक्रमण भएको सुन्दै वा देख्दै आएका छौं । तर दिल्ली विकासपुरी क्षेत्रमा अलिक फरक दृश्य देखिएको छ । भएको के भने केटाले विवाहको लागि अस्विकार गर्दा युवतीले आफ्नो केटा साथिको मुखमा एसिड आक्रमण गरेकी छिन् ।

 

ति युवकमाथि आक्रमण हुँदा उनीहरु साथमा मोटरसाइकलमा यात्रा गरिरहेका थिए । गएको ११ जुनमा प्रहरीलाई युवकमाथि एसडि आक्रमण भएको कुरा जानकारी भयो । जब प्रहरी विकासपुरी क्षेत्रमा पुग्यो त्यहाँ उनीहरु भेटिएनन् । उनी सहित सपरिवार उनको उपचारका लागि अस्पताल पुगेका रहेछन् । प्रहरीले अस्पतालमा पुगेर सबैलाई भेट्यो ।

 

ती युवतीको हातमा सामान्य एसिड लागेको छ तर केटाको अनुहार पुर्ण रुपमा जलेको छ । केटाको अनुहार, घाँटी र घाँटीमा गहिरो असर देखिएको छ । प्रहरीले दिएको जानकारी अनुसार चलिरहेको बाइकमा कसैले एसिड फालिदिएको हो ।

 

लामो समय अनुसन्धान गर्दा पनी प्रहरी आक्रमणकारी खोज्ने कुरामा असक्षम देखिएको थियो ।प्रहरीले पछि अस्पताल पुगेर फेरि ति युवकसँग घटनाबारे जानकारी लिन खाज्यो ।

 

मोटरसाइकलमा चढेको बेला ति युवतीले केटालाई छुन नपाएको भन्दै हेलमेट निकाल्न लगाएकी थिईन । यसपछि प्रहरीले ति युवतीलाई पनी फेरि दोस्रो पटक सोधपुछ गर्यो जसमा उनी आफैंले एसिड प्रहार गरेको कुरालाई स्विकार गर्न तयार भईन ।

 

उनीहरु गएको ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा ति युवतीले बताइन । विवाहको कुरालाई लिएर युवक गम्भीर थिएनन् । उनले विवाहका बारेमा कुरा गर्न खोज्दा युवक अनेक बहान गरेर टार्दै आएका थिए । युवकले विवाह नगर्ने मनसाय बनाएको उनको बुझाई रहेको छ ।

 

उनी भन्छिन, ‘यदी यो मेरो भएन भने कसैको पनी हुन सक्दैन ।’ उनले बजारबाट एसिड खरिद गरेर घुम्न जानको लागि अनुरोध गरिन् । उनले एसिड आफ्नो पर्समा राखेर हेल्मेट खोल्न लगाएर आक्रमण गरेको बयान दिएकी छिन् ।

 

युवती बीए अध्यन गर्दैछिन तर अहिले उनलाई जेल पठाइएको छ भने युवकको उपचार भइरहेको छ । विशेष कारणवश उनीहरुको नाम नखुलाएको प्रहरीले जानकारी दिएको छ ।