प्रहरी र विप्लव नेकपाबीचको भिडन्तमा दुई जनाको मृत्यु

 भोजपुर,असार २५। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरी  बीच भोजपुरको सदरमुकाममा गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई भएको भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए।

उनले भने, ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको मृत्यु भएको छ, मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था छैन।’

बुधबारे घटियामा दोहोरो भिडन्त भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए। अहिले दुवै जनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ। विस्तृत विवरण भने आउन बाँकी रहेको छ।