देशभर तीन दिनसम्म भारी वर्षा हुने सम्भावना,सतर्क रहन सबैलाइ आग्रह

काठमाडौं, असार २५ । आगामी तीन दिनसम्म देशभर भारी वर्षा जारी रहने सम्भावना भएकाले बाढीपहिरोबाट सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

 

मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आउने तीन दिनसम्म लगातार वर्षा हुने सम्भावना छ । अहिले काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बर्षा भइरहेको छ ।

 

धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्नेहरूलाई होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

हिजो मंगलबार पनि देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाले पनि बुधबार चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाका खोला नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।