बुधबारदेखि १३ प्रतिशत महँगिँदै इन्टरनेट सेवा

काठमाडौं, असार ३० । बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार शुल्क(टीएससी) लाग्ने भएको छ।

 

संघीय संसदबाट पािरत आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कबापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्को भार बढ्ने भएको समाचार कारोबार दैनिकमा छ।

 

यसअघि इन्टरनेटमा टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विधेयकले १३ प्रतिशतको अतिरिक्त भार थपिदिएको छ। चालु वर्षको आर्थि विधेयकमै टीएससी व्यवस्था गरिएको थियो।