रुखबाट खसेर एक महिलाको मृत्यु

अछाम, साउन १२ । अछाममा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेल्लेख गाउँपालिका–१ ऋषिदहको काटी गाउँकी ४७ वर्षीया धना धामी रहेकी छन् ।

 

सोही ठाउँको बानथला जंगलमा घास काट्ने क्रममा रुखबाट चिप्लेर गम्भरी घाइते धामीको उपचारको लागी कोहोलपुर लिन नपाउँदै बाटोमै ज्यान गएको उनका आफन्त तुलबहादुर धामीले जानकारी दिए । ऋषिदहमा केहि वर्ष यता रुख र भिरबाट लढेर १० जना भन्दा बढीको ज्यान गुमाइसकेका छन् ।