साँफेवगर–मार्तडी सडक पहिरो खस्दा अवरुद्ध

सांकेतिक तस्वीर

बाजुरा, साउन २६ ।साँफे–मार्तडी सडक खण्ड  निरन्तर वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको छ ।साँफे–मार्तडी सडक खण्ड अन्तरगतको बुढीगंगा नगरपालिका १ अमकोट नजिकै पहिरो जादाँ सडकमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध बनेको हो ।

 

सडक अवरुद्ध भएपछि जिल्ला बाहिरबाट सदरमुकाम मार्तडी आउने जाने यातायातका साधानहरु बीच बाटोमै अलपत्र परेका छन् ।

 

पहिरोकै कारण यातायातका साधानहरु अलपत्र परेपछि यातायातमा सवार यात्रुहरु समेतलाई सममस्या भएको हो । निरन्तरको वर्षासंगै पहिरो खस्न थालेपछि सडक खुलाउन समस्या भइरहेको जनाइएको छ ।