कश्मीरको लुकेको पाटो : पाकिस्तान किन बोल्न चाहँदैन

नयाँदिल्ली,साउन ३२। पछिल्लो समय जम्मु–कश्मीर मुद्दामा बहस केन्द्रित भइरहँदा छुटाइएको अर्को पाटो पनि छ। त्यो हो, पाकिस्तान प्रशासित जम्मु–कश्मीर क्षेत्र। जहाँ भनिँदै आएको ‘आजाद’ जम्मु–कश्मीर र गिल्गिट–बालिस्तान ९जिबी० पूर्ण रुपमा बेवास्ता हुँदैआएको छ।

 

मिडियाहरूले पनि यो मुद्दालाई बहिस्कार गरेका छन्। स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा देखाइएको उदासिनताले के निश्चित गर्छ भने पाकिस्तान यस क्षेत्रमा दण्डहीन गतिविधि गर्न सक्षम रहँदै आएको छ। संविधानको धारा ३७० अन्तर्गत जम्मु–कश्मीरको विशेषाधिकार कटौती विरुद्ध पाकिस्तानका दुई मुख्य तर्क छन्। ती दुबै तर्क झुट र द्वेषपूर्ण मात्रै छैनन्, त्यसमा पाकिस्तान स्वयं चुकेको छ। ती तर्क निराधार छन्।

 

यसरी, गिल्गिट–बालिस्तानमा राज्यको शासन १९७० देखि नै पातलो रहँदै आएको छ। जुन योजनावद्ध रुपमै सुन्नी पाकिस्तानी समुदायको आप्रवासनलाई सघाउँदै सिया चरित्रलाई कमजोर पारिएको थियो। १९९८ देखि २०११ सम्म ठूलो संख्यामा भएको आप्रवासनका कारण ‘जिबी’मा ६३ प्रतिशतका दरले जनसंख्या बढ्यो। जब कि, २२ प्रतिशत जनसंख्या ‘आजाद जम्मु–कश्मीर’का पक्षमा थिए। जहाँ राज्यको शासन अझै शक्तिमै थियो।

 

यस किसिमको सामाजिक संरचनाले समाजलाई गम्भीर साम्प्रदायिक कलहतिर ल्याएको हो। विशेषगरी जनरल जिया मातहत स्थानीय संस्कृति र पहिचान बलियो भयो। पाकिस्तानका संरचना, जसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का मापदण्ड उल्लंघन गरे स्यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।