नेपाली सेनाको प्रतिबद्धता:सम्पदा संरक्षणका साथ फास्टट्रयाक

 काठमाडौं,भदाै १२ । काठमाडौं–तराईरमधेस दु्रतमार्ग सडक आयोजनाले खोकनाको सिकाली मन्दिर र कुदेश क्षेत्रलाई संरक्षण हुने गरी सामान्य रेखांकन परिवर्तन भएको जनाएको छ।आयोजनाका अनुसार धार्मिक एवम सांस्कृतिक महत्व बोकेको खोकनाको उक्त ऐतिहासिक क्षेत्रलाई संरक्षण गर्ने गरी रेखांकन परिवर्तन भएको हो।

 

आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको विषयमा जानकारी दिन सैनिक मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख शरदलाल श्रेष्ठले सामान्य रेखांकन परिवर्तन भएको बताउनुभयो।

 

‘खोकनामा सांस्कृतिक र धार्मिक सम्पदा जोगाउनुपर्ने स्थानीयको मागलाई सम्बोधन गर्दै उक्त क्षेत्रको संरक्षण गर्न डीपीआरमा रेखांकन नै परिवर्तन गरिएको छ।’ –कार्यक्रमलाई सम्बोधनको क्रममा उहाँले भन्नुभयो।

 

ऐतिहासिक र पुरातात्विक सम्पदाका रूपमा रहेको कुदेश र सिकालीलाई मास्ने गरी दु्रतमार्ग निर्माण गर्न लागेको भन्दै खोकनाबासीले लामो समयदेखि विरोध गर्दै आइरहेका छन्।जसअनुसार दु्रतमार्गको खोकना, बुंगमती र फर्सिडोल खण्डमा सेनाले निर्माणको काम अगाडि बढाउन सकेन। खोकना क्षेत्र दु्रतमार्गको प्रस्थान विन्दु अर्थात् जिरो प्वाइन्ट हो।

 

विवादकै कारण खोकनाबाट चार किलोमिटर पर फर्सिडोलमा प्रस्थान विन्दु कायम गर्न स्थानीय जनप्रतिनिधिले सहमति जनाएका छन् तर निर्माणको काम हुन सकेको छैन। अन्ततः प्रतिवेदन स्वीकृत भएपछि खोकना नै प्रस्थान विन्दु कायम भएको छ।

 

अहिले सेनाले विरोधका बीच पनि खोकनाबासीको मागअनुसार भन्दै सिकाली र कुदेश बचाउँदै बागमती किनार छेउ हुने गरी नयाँरेखांकन कायम गरेको छ। सेनाको यो नयाँव्यवस्थालाई पनि खोकनाबासीले मान्ने अवस्था देखिँदैन।

 

कुदेश र सिकालीलाई नछोई नयाँरेखांकन गर्ने भनिएको भूभाग नै धार्मिक र सांस्कृतिक सम्पदाका साथै पुरातात्विक क्षेत्र भएको खोकनाबासीको दाबी छ। खोकनाबासीले दशैंताका नौ दिनसम्म मनाउने मुज्याः पर्वसँग सम्बन्धित रहेको कुदेश बागमती किनारसम्म फैलिएको खोकनाबासीको भनाइ छ।

 

‘सेनाले नयाँरेखांकन भन्दै किन गर्यो त्यो आश्चार्यको विषय भएको छ। त्यो क्षेत्र भनेको बागमतीको किनारसम्म कुदेश पर्दछ।’ –खोकनाका स्थानीय असोज महर्जनले बताउनुभयो।

 

किराँत कालभन्दा अघिको मानव वस्ती रहेको कुदेशको महादौं ९कुदेशको सेनापति बस्ने ठाउँ० बागमती किनारमै रहेकाले किनार हुँदै आउने भनिएको बागमती कोरिडोरको समेत खोकनावासीले विरोध गर्दै आइरहेका थिए। खोकनामा बाटो विस्तार हुन नसकेको खण्डमा त्यसको पारिपट्टि बागमती किनारबाट बाटो निर्माण गर्न सकिने विकल्पसहित माग खोकनावासीको छ।

 

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सात पटकसम्म दु्रतमार्गसहित बाहिरी चक्रपथ, स्मार्ट सिटी, १३२ केभीको प्रसारण लाइन र बागमती कोरिडोरबीच छलफल गरी निर्णय लिएर जाने भने पनि सेनाले एक्कासि नयाँरेखांकन परिवर्तन गरी कुदेशमै दु्रतमार्ग निर्माण गर्न लागेपछि स्थानीय रुष्ट रहेको स्थानीय महर्जनले बताउनुभयो।

साढे तीन वर्षभित्रै द्रुतमार्ग

काठमाडौंसँग तराईरमधेस सीधा जोड्ने काठमाडौं–तराईरमधेस द्रुतमार्ग निर्माणको काम साढे तीन वर्षभित्रै सम्पन्न गर्ने जनाएको छ। नेपाली सेनाअन्तर्गत रहेको उक्त आयोजनाले सैनिक मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा साढे तीन वर्षभित्र दु्रत मार्गको काम सम्पन्न हुने जनाएको हो।

 

भदौ १ गते सरकारले दु्रतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको विषयमा जानकारी गराउँदै आयोजना प्रमुख शरदलाल श्रेष्ठले साढे तीन वर्षभित्र दु्रतमार्गको काम सम्पन्न गर्ने योजना रहेको बताउनुभयो।

 

‘सम्भवतः दुई वर्षभित्र दु्रतमार्गले स्वरूप लिनेछ। अबको साढे तीन वर्षभित्र आयोजनाको सबै काम सम्पन्न हुनेछ।’ –उहाँले भन्नुभयो।स्वीकृत प्रतिवेदनमा २०८१ सालसम्म आयोजना सम्पन्न हुने उल्लेख छ।

 

सेनाले ४ वर्षको समयसीमा पर्याप्त नभए पनि राष्ट्रिय गौरवको आयोजना भएकाले जतिसक्दो चाँडो पूरा गर्ने जनाएको छ। चार लेनको यो सडक ललितपुरको खोकनाबाट शुरू भएर बाराको निजगढमा पर्ने पूर्व–पश्चिम राजमार्गसँग जोडिनेछ भने यसको कुल दूरी ७२ दशमलव ५ किलोमिटर छ।

 

नेपाली सेनाका अनुसार कुल दूरीमध्ये सडक खण्डको भाग ५५ दशमलव ५ किलोमिटर हुनेछ। बाँकी सुरुङ मार्ग र पुलहरू रहनेछन्। यसमा ८७ वटा पुल र ३ वटा सुरुङ रहने जनाइएको छ।

 

आयोजना प्रमुख श्रेष्ठले रूख कटान र जग्गा अधिग्रहणतर्फ ९६ प्रतिशत काम सम्पन्न भइसकेको र सडक खण्डतर्फ बाटो खोल्ने ८७ प्रतिशत काम पूरा भइसकेको जानकारी दिनुभयो।

 

आयोजना सम्पन्न गर्न मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब बजेट अनुमान गरिएको छ। यसअघि एसियाली विकास बैंकले छोक्रेडाँडा, ठिंगन र लेनडाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनः रेखांकन गरेर तीन स्थानमा सुरुङ मार्ग बनाउन लागेको छ।नेपाल समाचारपत्रमा खबर छ।