भारतीय नागरिकले बोइलर चल्लालाई मेहन्दी लगापएर ‘लोकल’ भन्दै ठगी गरी बेच्ने २ जना पक्राउ

कोहलपुर, असोज ५ । आयातित बोइलर कुखुराका चल्लालाई लोकल भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ परेका छन् ।

 

बोइलरका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’का चल्ला भन्दै महङ्गो दरमा बिक्री गर्दै हिड्ने भारतीय नागरिक मोहम्मद नाजिर र सरिफ अलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।

 

भारतको रामपुर घर भएका नाजिर र अलीलाई सेतो चल्लामा मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको इप्रका कोहलपुरले जनाएको छ । सो गिरोहबाट प्रहरीले कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका करिब १०० चल्लासमेत बरामद गरेको छ ।