सरकारी कर्मचारीको बिदामा कडाइ

काठमाडौं ,मङ्सिर ९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीको बिदा स्वीकृतिमा कडाइ गरेको छ ।

कर्मचारीहरूले लोकसेवा आयोगलगायतका विभिन्न परीक्षाको तयारी गर्ने क्रममा कार्यालयमा समय नदिँदा तथा धेरैले बिदा लिएर बस्दा देशभरका सरकारी कार्यालयको सेवाप्रवाह प्रभावित बनेको गुनासो आएपछि मन्त्रालयले बिदा स्वीकृतिमा कडाइ गरेको हो ।

 

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कर्मचारीहरूले कार्यालय समयमा कार्यालयमा नै बसेर परीक्षा तयारीका कारण सरकारी कार्यालयको सेवाप्रवाहमा सुस्तता आएको गुनासो आएपछि कडाइ गरिएको बताए ।यो समाचार आजको राजधानी दैनिकमा छ ।