बोक्साबोक्सीको आरोपमा दम्पतीलाई सामाजिक बहिष्कार

दोलखा,मंसिर ९।दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन्।

वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न स्याँखु टोल सुधार समितिको बैठकले झाँक्री समूहको आग्रहमा रत्नबहादुर दम्पतीलाई बोक्साबोक्सीको आरोपसहित समूहमा नराख्ने भन्दै सामाजिक बहिष्कार गरेपछि उनीहरू गाउँ छोडेर सदरमुकामको होटलमा शरणार्थीका रूपमा बस्न बाध्य भएका हुन्।

 

५८ वर्षीय पीडित रत्नबहादुर श्रेष्ठले आफू र आफ्नो ५७ वर्षीया श्रीमतीलाई विगत ७र८ वर्षदेखि टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलगायतले बोक्साबोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको तर आफूहरू निरीह भएकाले सहँदै आएको बताउनुभयो।

 

मंसिर १ गते भने टोल सुधार समितिको बैठकमा सहभागी १ सय १३ जनाले हस्ताक्षर गरी आफूहरूलाई सामाजिक बहिष्कार गरेपछि गाउँ छाड्न बाध्य हुनुपरेको रत्नबहादुरले गुनासो गर्नुभयो। सो बैठकमा आफू, आफ्नी श्रीमती र १४ वर्षीय छोरालाई समेत जबरजस्ती हस्ताक्षर गर्न लगाएको श्रेष्ठको गुनासो छ।

 

समितिको बैठकका सहभागीहरूले आफूहरूलाई झन्डै ९ घन्टा केरकार गरी मान्छेलाई बिरामी पारी मारेको, अपाङ्ग बनाएको, गाईबस्तुलाई बिरामी पारेको जस्ता आरोप लगाएको र आफूहरूको जवाफसमेत सुन्न नचाहेको पीडित कृष्णमायाले बताउनुभयो।

 

टोल सुधार समितिमा श्रेष्ठ दम्पतीलाई अपमानित गर्दै विभिन्न आरोप लगाएको बैठकको झन्डै चार घन्टाको अडियो रेकर्ड बैठकमै बोलाइएका १४ वर्षीय कान्छा छोरा सचिन श्रेष्ठले गोप्यरूपमा रेकर्ड गरेका थिए। रत्नबहादुर श्रेष्ठले विगत १५र१६ वर्ष अघिदेखि झारफुकको काम गर्दै आएका छन्।

 

सामाजिक अभियानमा सक्रिय रत्नबहादुरका दुई छोरा विदेशमा गएर पैसा कमाइ व्यवसायमा लागेपछि उनीहरूको आर्थिक अवस्था सुध्रिएकाले केही समयदेखि स्थानीय छिमेकी र नातेदारले उनीहरूलाई झारफुक गर्ने बहानामा बोक्सी लगाउने गरेको आरोप लगाउँदै आएको स्थानीयले बताएका छन्। र

 

त्नबहादुर दम्पतीलाई गाउँलेले अपमानित गरेपछि काठमाडौंमा रहेका जेठा छोरा भाजुरामले बाबुआमालाई उद्दार गरी सदरमुकाम चरिकोट ल्याएका हुन्। जेठा छोरा भाजुरामले अपमानित गर्दै समितिले गरेको माइन्युट, अडियो रेकर्डसहितको प्रमाण राखेर जिल्ला प्रहरी कार्यालय चरिकोटमा टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठसहित आठ जनाविरुद्ध उजुरी दिएका छन्।

 

आइतबार उजुरी दर्ता भएको र कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो। उजुरीलगत्तै टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो।मुलुकी अपराध संहिता–२०७४ को १६८ मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख छ।

 

१६८ को १ को क, ख, ग र घ मा बोक्साबोक्सीको आरोप लगाउन नहुने, सामाजिक बहिष्कार गर्न नहुने जस्ता व्यवस्था रहेको छ। त्यस्तो कार्य कसैले गरे÷गराएको पाइए १६८ को २ मा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।

 

मुलुकी अपराध संहिता–२०७४ को १६८ मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख छ। १६८ को १ को क, ख, ग र घ मा बोक्साबोक्सीको आरोप लगाउन नहुने, सामाजिक बहिष्कार गर्न नहुने जस्ता व्यवस्था रहेको छ।