नेपाल आयल निगमले आज राति १२ बजे देखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडाै,मंसिर १६। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको छ । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

 

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले १ डिसेम्बरमा पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

 

यसअघि प्रतिलिटर १ सय ७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १ सय ९ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

 

 इन्डियन आयल कर्पोरेशनबाट हवाई इन्धन तथा एलपी ग्यासको मूल्य समेत बढेर आएतापनि हाललाई हवाई इन्धन तथा एल.पि.ग्यासको खुद्रा विक्री मूल्य यथावत नै राखिएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले बताए ।