नेकपाले उपसभामुखलाई राजीनामा गर्न लगाउने

काठमाडौं,मंसिर २५।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ ।

पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन् ।

 

उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ । यौन दुर्व्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन् । त्यही कारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो ।

 

सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।