विद्यालयको गेटै अगाडी चिहान

काठमाडौं, पुस ७ । नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनास्थित महाराजा माध्यमिक विद्यालय परिसर र इस्लाम धर्मावलम्बीको दाहसंस्कार गर्ने श्मशानघाट ९कब्रस्तान० को पर्खाल जोडिएको छ।

 

विद्यालय आउने–जाने छात्रछात्रा यही कब्रस्तान छिचोलेर विद्यालय जानुपर्छ । श्मशानघाटलाई चारैतिरबाट पर्खालले घेरिएको छ, तर पर्खाल होचो भएकाले कक्षाकोठामा बसेर पढ्दा वा खेलमैदानमा खेल्दा कब्रस्तानमा गाडिएका चिहान र अन्तिम संस्कारका लागि ल्याएका शव प्रस्टसँग देखिन्छ। विद्यालयनजिकै कब्रस्तान हुँदा त्यहाँ हुने गतिविधिले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ  ।

 

विद्यालय चलिरहेका वेलासमेत अन्तिम संस्कारका लागि शव ल्याउने र श्मशानघाटका चिहान प्रस्ट देखिने भएकाले विद्यार्थीमा त्रास उत्पन्न हुने गरेको छभन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। 

 

तर, यो प्रक्रिया वर्षौँदेखि चल्दै आएको छ। ०६३ अघि इस्लाम धर्मावलम्बीले विद्यालयको मुख्य द्वारअगाडि शव गाड्थे। यसले विद्यार्थी र शिक्षकलाई असहज भएपछि विद्यालयले आफ्नो जमिन दिएर उत्तरतर्फ श्मशानघाट सार्न अनुमति दिएको थियो