नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल पक्राउ

काठमाडौं,पाैष १३। नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल पक्राउ परेका छन् ।

 

भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीले गजुरेललाई पक्राउ गरेको हो।

 

माइतीघर मण्डलाबाट शुरु भएको जुलुस संघीय संसद भवन बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा बिजुलीबजार पुल नजिकबाट गजुरेल पक्राउ परेका हुन् ।

 

प्रहरीले गजुरेलसहित प्रदर्शनमा सहभागी करिब १५ जना लाई पक्राउ गरेको छ ।