एउटै चितामा श्रीमान-श्रीमतिको दाहसंस्कार

रौतहट,पाैष १३। रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दु’र्घटना हुँदा ज्यान गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चितामा दा’हसंस्कार गरिएको छ ।ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चितामा दा’हसंस्कार गरिएको हो । उनीहरुको गत फागुन १० गते विवाह सम्पन्न भएको थियो । विवाह गरेको १० महिना पूरा भएकै भोलिपल्ट दुबैले ज्या’न गु’माएका हुन् ।

 

स्थानीय माउन्ट एभरेष्ट आवाशीय माविमा शिक्षकको रुपमा कार्यरत विक श्रीमति सृजनाको उपचारको लागि भनेर विद्यालयबाट एकदिनको विदा लिएर सुमो चढेर काठमाडौँ गएका थिए ।विक परिवारका अनुसार सृजना गर्भवती थिइन ।‘शुक्रबार गएर शनिबार बेलुकी फर्केर आइतबारदेखि विद्यालय आउँछु भनेर वि’दा लिएर गएको थियो मनिष’ विद्यालयका संस्थापक उमेश बास्कोटाले भन्नुभयो, ‘तर दैवको लीला कहिले न’फर्कने गरी गयो ।’२१ वर्षीय विकले स्कुलको पढाई पनि सोही विद्यालयबाट पूरा गरेका थिए । सानैदेखि मेहनती, मृदुभाषी र सहयोगी स्वभावका विकको मृ’त्युले सबैमा ठूलो चो’ट परेको विद्यालयका शैक्षिक संयोजक अच्युत हुमागाई बताउनु हुन्छ ।

 

‘आजसम्म मैले मनिषलाई रि’साएको देखेको थिइन्, हुमागाई स्मरण गर्नुहुन्छ, ‘छोटो आयुको रहेछ सबैलाई मोहनी लगाएर गयो ।’ आफ्नो प्रिय सर गु’माउनु पर्दा विद्यार्थीहरुको पनि आँखा रसाएका छन् ।सो दुर्घटना परेर विक दम्पति सहित ५ जनाको मृ’त्यु भएको थियो ।

 

चन्द्रनिगापुरबाट काठमाडौ तर्फ जाँदै गरेको ना १ ज ३४३३ नं को शिखरापुर टाटा सुमो सडकबाट अन्दाजी ४०० मिटर तल खसी दु’र्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटना परी मृ’त्यु हुनेहरूमा केदारनाथ तिमलसिना, नेत्रमान रुसाल र उहाँकी श्रीमती भक्त कुमारी रुसाल जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 

मृ’तक रुसेल सिन्धुली दुधौली नगरपालिका–८ निवासी हुन् । उनीहरु मृतक मनिष विकका सानीआमा र सानुबुबा हुन् ।उहाँहरुको मृत्युपछि सिंगो चन्द्रपुर नगरपालिका शो’कमग्न भएको छ । शिक्षक विकको निधनप्रति स’मवेदनामा प्रकट गर्दै चन्द्रपुर प्याव्सन नगर कमिटीद्वारा आइतबार संगठनमा आ’वद्व विद्यालयहरूमा वि’दा दिएको छ ।